Techie IT
बुधबार, वैशाख १०,२०८२

धर्मस्थली बजारमा कांग्रेसको विरोध सभा


काठमाडौं ।नेपाली कांग्रेसले देशभरका ७५३ पालिकामा आज भएको विरोध प्रदर्शन सहभागी गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी रूपमा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

“गाउँ , नगर कार्यसमितिले प्रदर्शन सफल बनाउन निरन्तर खट्ने पार्टीका सबै तहका साथी, भ्रातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु”, पूर्वप्रधानमन्त्री देउवाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

यसै बिच नेपाली काँग्रेस तारकेश्वर नगर कमिटिले धर्मस्थली विरोध सभा गरेको छ ।

आज दिउँसो १२ बजे लामबगरको शिवमन्दिरबाट बाजागाजासहितको ¥यालीले नगरपालिकाको कार्यालय परिक्रमा गरी धर्मस्थली बजारमा विरोध सभा गरेको छ ।

नेपाली काँग्रेस तारकेश्वरका नेता एचआर तिमिल्सिनाकाअनुसार आजको विरोध सभा कार्यक्रममा सम्बोधनका लागि नेपाली काँग्रेस केन्द्रीय कार्यालयले नेपाली काँग्रेसका पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानलाई तारकेश्वर पठाएको थियो ।

कार्यक्रममा बोल्दै भिमसेनदास प्रधानले ओली सरकारको विकल्प भनेको ओलीले नेपाली जनतासँग माफी मागेर प्रतिनिधि सभा विघटन खारेज गर्नुपर्ने ।

काठमाडौं जिल्ला सभापति सवुकृष्ण बानियाँ, श्यामकृष्ण खड्गी काठमार्डौं क्षेत्र नं ६ का सभापछि, इन्द्रमान महर्जन, विष्णुभक्त तिमिल्सिना, काँग्रेस नगर सभापति श्रीराम थापा लगायतका नेतारकार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #धर्मस्थली बजारमा कांग्रेसको विरोध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:29 am6:34 pm +0545