उपप्रधानमन्त्री ईश्वर पोखरलद्धारा चिसिनी खाना महोत्सव उद्घाटन
मेनुका कार्की
चिसीनी तामाङ महिला समुहको आयोजनामा भएको फुड फेस्टिभलमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल माघ ३ गते सनिवार काठमाडौं क्षेत्र नं ५ को बुढानिलकण्ठ चिसिनी पुगेका छन।बुढानिलकण्ठ नगरपालिका वडा नं ३ र ५ मा निर्माणाधीन आइतवारे पार्कको अवलोकन पश्चात चिसिनी खाना महोत्सव उद्घाटन गर्न पुगेका पोखरेलले सो अवसरमा स्थानीयहरु संग अन्तरक्रिया समेत गरेका थिए।
बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,सिता लामा ,बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का सदस्यहरु श्याम कृष्ण ठकुरी ,नारायण दुलाल ,हेब्सिवा तामांग ,वडा नं ३ का सदस्य बिमला न्यौपाने ,नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल सहित पुगेका उपप्रधानमन्त्री पोखरेलले उक्त क्षेत्रको पर्यटन र पूर्वाधार निर्माणका लागि आफ्नो तर्फ बाट हर किसिमको सहयोग हुने बताउदै ठोस योजना ल्याउनका लागि जनप्रतिनिधिहरु संग आग्रह गरेका थिए।

निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहेका उपप्रधानमन्त्री पोखरेलले सो अवसरमा चिसिनी क्षेत्रमा सडक पूर्वाधार विकास भए पनि अन्य संरचना निर्माणको आवस्यकता रहेको बताउदै रत्यसका लागि सरोकारवाला स्थानीय र जनप्रतिनिधिहरु संग छलफल गरेर योजना तर्जुमा गर्ने प्रतिवदत्ता व्यक्त गरेका थिए।
चिसीनी तामाङ महिला समुहको आयोजनामा भएको उक्त फेस्टिभलमा विभिन्न स्थानीय तथा अन्य खानाहरुको परिकारहरु लगायत कलाकार हरु काे बेजोड प्रस्तुती रहेको थियो|
क्याटेगोरी : समाचार
ट्याग : #चिसिनी खाना महोत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्