Techie IT
मंगलबार, असार ३१,२०८२

बसुन्धाराबाट हाब्रेको छालासहित दुई जना पक्राउ


काठमाडौँ । काठमाडौँको बसुन्धाराबाट हाब्रेको छालासहित दुई जना पक्राउ परेका छन् ।

 

बसुन्धारा चोकमा अवैध रूपमा वन्यजन्तु आखेटोपहार (हाब्रेको छाला) ओसारपसार भइरहेको भन्ने प्रहरीले खबर पाएको थियो। सोही खबरको आधारमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको टोलीले मंगलबार राति दुई जनालाई पक्राउ गरेको डिएसपी प्रमेश विष्टले बताए।

 

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका– १ का २५ वर्षीय जय भण्डारी र २१ वर्षीय जेनष सार्की छन्। उनीहरूबाट प्रहरीले एक अखेटोपहार हाब्रेको छाला बरामद गरेको छ।

 

 

उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले वन डिभिजन कार्यालय काठमाडौँ बुझाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #हाब्रेको छाला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Drizzle
5:17 am7:02 pm +0545