डेरी एसोसिएसनको २२औं साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशन छिट्टै हुने
काठमाडौं, २८ पौष -आज बसेको नेपाल डेरी एसोसिएसनको केन्द्रिय समितिको भर्चुअल बैठकले कोरोना भाईरस (कोभिड–१९) का कारण समयमा सम्पन्न हुन नसकेको एसोसिएसनको २२औं साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशन छिट्टै गर्ने निर्णय लिएको छ । सो बैठकले माघ महिनामा बस्ने केन्द्रिय कमिटीको बैठकले स्थान र समय तोक्ने निर्णय पनि लिएको हो । साथै बैठकले गत पुस २० गते राजपत्रमा प्रकाशित सुचना अनुसार कृषि क्षेत्रमा वैदेशिक लगानी आउने कुरा अत्यन्तै दुःखद भएकोले त्यसको घोर विरोध गर्ने र चरणवद्ध रुपमा एसोसिएसनका सातै प्रदेश, जिल्ला समिती, पालिका स्तरमा विरोध कार्यक्रम गर्ने निर्णय लिएको छ ।
एसोसिएसनको २२औं स्थापना दिवस आउँदो माघ ७ गते सातै प्रदेश, जिल्ला एवं क्षेत्रमा भव्य तरिकाले गत सालको जस्तै आश्रम, बालगृह, विद्यालय, हस्पिटल एवं अन्य विभिन्न स्थानमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने र एसोसिएसनको आगामी बैठक माघ महिनाको दोश्रो हप्तामा बस्ने निर्णय भएको कुरा एसोसिएसनका महासचिव प्रल्हाद दाहलले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्