सङ्खुवासभा चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि पाँच लाखको अक्षय कोष

सङ्खुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि रु पाँच लाखको अक्षय कोष स्थापना गरिएको छ । बोन्पो लामाको संस्कृति लोप हुँदै गएकाले संरक्षण लागि विभिन्न व्यक्ति र संस्थाले रु पाँच लाखको अक्षय कोष स्थापना भएको छ । बोन्पो लामाको संरक्षणका लागि पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) हेमबहादुर गुरुङ रु एक लाख कोष स्थापना गर्नुभएको छ । चिचिलामा भएको कार्यक्रममा पूर्व (आइजिपी) गुरुङले मातापिताको नाममा रु एक लाखको चेक तमु प्ये ल्हुँ सङ्घ सङ्खुवासभाका अध्यक्ष गोवद्र्धन गुरुङलाई हस्तान्तरण गर्नुभएको छ ।
उहाँले गुरुङहरूले आफ्नो जातीय कर्मकाण्ड गर्ने खेगीहरू संरक्षण गर्न आवश्यक रहेकोसमेत बताउनुभयो । त्यसैगरी सङ्घ युकेबाट रु तीन लाख र हङकङबाट रु एक लाख गरी रु पाँच लाखको अक्षय कोष स्थापना भएको छ । त्यसका साथै कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्तिसमेत वितरण गरिएको थियो ।
तमू प्ये ल्हुँ सङ्घले सनातन र परापूर्वकालदेखि गुरुङ जातिहरूले मनाउँदै आएका धर्मसंस्कार, संस्कृति संरक्षण र जगेर्ना गर्ने काम गर्दै आएको छ । सोहीअनुसार उनीहरुले सङ्खुवासभाको चिचिला गाउँपालिकाअन्तर्गत मत्स्यपोखरी, पोखरीगाउँ, माङमाया र ध्वजेलगायत स्थानमा रहेका बोन्पो लामाहरूको संरक्षणका लागि विभिन्न काम गर्दै आएको छ ।
चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले सबै जातजातिको जातीय संस्कार, संस्कृतिको संरक्षण गर्न चालिएको कदममा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले गएको तमु जातिको ल्होसार पर्व मनाउन पालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको बताउँदै सबै जातजातिको संरक्षण, संवद्र्धन र आवश्यकताअनुसार काम गर्न सदैव सहकार्य गर्ने उहाँको भनाइ छ ।
कार्यक्रमा सङखुवासभामा गुरुङ जातिका खेगी गुरुहरूलाई सम्मान गरिएको छ । चिचिला गाउँपालिका–१ पोखरीगाउँमा जिल्ला कार्यसमिति आयोजनामा लामा गुरुहरूलाई सम्मान गरिएको हो । गएको कात्तिक महिनादेखि पुस दोस्रो सातासम्म करिब तीन महिना गुफा बसेर निस्किएका पाँच नयाँ लामासहित लामो समयदेखि पुरोहित लामा पेशालाई नै निरन्तरता दिँदै आएका पाँच पुराना लामागुरु गरी १० जनालाई सम्मान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #बोन्पो गुरुङ लामाको संरक्षण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्