नेकपा काठमाडौंका जनप्रतिनिधि एवं सांसद को कता ? हेर्नुहोस बिवरण सहित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वैधानिकताको दाबी दुवै समूहले गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टीको नाम र निर्वाचन चिन्ह आफूले पाउने दाबी गरेको छ । अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आफूहरुसँग केन्द्रीय कमिटी सदस्यहरुको बहुमत भएकाले पार्टी नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले पाउने दाबी गरेको छ ।
काठमाडौं जिल्लामा जनप्रतिनिधिको अवस्था
१. विघठित प्रतिनिधि सभाका ६ मध्ये ४ जना ओली पक्षमा
पार्टीमा देखिएको विवाद संगै विघटित प्रतिनिधिसभाका ६ सदस्यहरुमध्ये चार जना ओली पक्षतिर र बाँकी दुई जना प्रचण्ड–माधव पक्षतिर खुलेका छन्।
काठमाण्डौ क्षेत्र नं ३ का कृष्ण राई, क्षेत्र नं ५ का ईश्वर पोखरेल, क्षेत्र नं ७ का रामवीर मानन्धर र क्षेत्र नं ९ का कृष्ण गोपाल श्रेष्ठ ओली पक्षमा छन् भने प्रचण्ड–माधव पक्षतिर क्षेत्र नं २ का माधवकुमार नेपाल र ८ जीवनराम श्रेष्ठ रहेका छन्।
२. प्रदेस सभाका २० मध्ये १४ जना ओली पक्षमा
काठमाडौं जिल्लाका २० निर्वाचन क्षेत्र मध्ये १६ वटामा प्रत्यक्ष निर्वाचित प्रदेस सभा सदस्य र ४ जना समानुपातिक सदस्य मध्ये १४ जना ओली पक्षमा र ६ जना प्रचण्ड -नेपाल पक्षमा सक्रिय देखिएका छन।
बागमती प्रदेस सभा सदस्यहरु अजय क्रान्ति शाक्य, केशव स्थापित, गणेशप्रसाद दुलाल, नारायणबहादुर सिलवाल, योगेन्द्रराज संग्रौला, रमा आले मगर, राजेश शाक्य, सानुकुमार श्रेष्ठ, रामेश्वर फुयाल, दीपक निरौला, प्रकाश श्रेष्ठ र मणिराम फुयाल,सिता लामा र बेलिमाया घले ओली पक्षमा देखिएका छन भने अष्टलक्ष्मी शाक्य, कुसुम कुमार कार्की, केशव प्रसाद पोखरेल र वसन्त प्रसाद मानन्धर ,सिता अधिकारी र उर्मिला कर्माचार्य प्रचण्ड -नेपाल पक्षमा देखिएका छन।
३. नगरपालिकाका ६ प्रमुख मध्ये ४ जना र काठमाडौं महानगर प्रमुख ओली पक्षमा
स्थानिय तहको निर्वाचनमा काठमाडौं जिल्लाका १० नगरपालिका मध्ये ६ वटामा विजय प्राप्त गरेको नेकपाका ४ जना नगर प्रमुख ओली पक्षमा देखिएका छन भने दुई जना प्रमुख प्रचण्ड -नेपाल पक्षमा देखिएका छन।
काठमाडौं जिल्लाको शंखरापुरका प्रमुख सुवर्ण श्रेष्ठ ,बुढानिलकण्ठका प्रमुख उद्दव खरेल ,टोखाका प्रमुख प्रकास अधिकारी र तारकेश्वरका प्रमुख रामेश्वर बोहोरा ओली पक्षको केन्द्रीय सदस्य बनेका छन भने कागेश्वरीका प्रमुख कृष्ण हरि थापा र किर्तिपुरका प्रमुख रमेश महर्जन प्रचन्ड -नेपाल पक्षमा सक्रिय देखिएका छन।
त्यस्तै उपप्रमुखहरुमा कागेश्वरी मनोहराकी उपप्रमुख बिन्दु पुडासैनी ,बुढानिलकण्ठकी उपप्रमुख रमा राई ,टोखाकी उपप्रमुख ज्ञानमाया डंगोल र चन्द्रागिरीकी उप प्रमुख ओली पक्षमा देखिएका छन भने शंखरापुरकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ र किर्तिपुरकी उपप्रमुख सरस्वती खड्का प्रचण्ड–नेपाल पक्षमा देखिएका छन।
त्यस्तै तारकेश्वरकी उपप्रमुख भवानी डोटेल र नागर्जुनकी उपप्रमुख सुशिला अधिकारीले हाल सम्म कुनै पक्षमा नखुलेको श्रोतले जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंका जनप्रतिनिधि एवं सांसद को कता
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्