अपांग प्रतिभा २०२० मा नौ प्रतिस्पर्धीको फाइनल प्रवेश र दुईको वाइल कार्ड प्रवेश हुने

राइज एण्ड साइन क्रीएटिभ पाईभेट लिमिटेडको व्यवस्थापनमा अपांग प्रतिभा २०२० को सेमिफाइनल छनोट कार्यक्रम सम्पन्न भएको छ । अपांगता भएकाहरुमा लुकेर रहेका प्रतिभा अगाडि बढाउने उद्देश्यले गत भाद्रमा आयोजना भएको उक्त कार्यक्रमको सेमिफाइनल छनोट धुमबराहीको एस आर वेक्युटमा सम्पन्न २४ गते सम्पन्न भएको हो ।
गायन , नृत्य , चित्रकला विधालाई समेटेर आयोजना गरिएको कार्यक्रममा १५ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए । गायक सिताराम पोखरेल, नन्दु कुमार राई , गङ्गा प्रसाद घिमिरे , यसै गरि नृत्यमा रोमा न्यौपाने , सागर सुमन जङ्ग र पेन्टिङमा गणेश राईका निर्णयमा १५ जना प्रतिस्पर्धी मध्ये ९ जना प्रतिस्पर्धी फाइनल प्रवेश गरेका छन् र अपांग प्रतिभा २०२० मा दुई प्रतिस्पर्धीको वाइल कार्ड प्रवेश गरि फाइनलमा प्रतिस्पर्धा गराइने समेत कार्यक्रमकि संयोजक रश्मि शाक्यले जानकारी दिनुभएको छ ।
अपांग प्रतिभा २०२० का विजेतालाई लाख रुपैया मुस्ताङ भ्रमण सहित म्युजिक भिडियो समेत प्रदान गर्ने शाक्यले जानकारी दिनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राइज एण्ड साइन क्रीएटिभ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्