अपांग प्रतिभा २०२० मा नौ प्रतिस्पर्धीको फाइनल प्रवेश र दुईको वाइल कार्ड प्रवेश हुने
राइज एण्ड साइन क्रीएटिभ पाईभेट लिमिटेडको व्यवस्थापनमा अपांग प्रतिभा २०२० को सेमिफाइनल छनोट कार्यक्रम सम्पन्न भएको छ । अपांगता भएकाहरुमा लुकेर रहेका प्रतिभा अगाडि बढाउने उद्देश्यले गत भाद्रमा आयोजना भएको उक्त कार्यक्रमको सेमिफाइनल छनोट धुमबराहीको एस आर वेक्युटमा सम्पन्न २४ गते सम्पन्न भएको हो ।
गायन , नृत्य , चित्रकला विधालाई समेटेर आयोजना गरिएको कार्यक्रममा १५ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए । गायक सिताराम पोखरेल, नन्दु कुमार राई , गङ्गा प्रसाद घिमिरे , यसै गरि नृत्यमा रोमा न्यौपाने , सागर सुमन जङ्ग र पेन्टिङमा गणेश राईका निर्णयमा १५ जना प्रतिस्पर्धी मध्ये ९ जना प्रतिस्पर्धी फाइनल प्रवेश गरेका छन् र अपांग प्रतिभा २०२० मा दुई प्रतिस्पर्धीको वाइल कार्ड प्रवेश गरि फाइनलमा प्रतिस्पर्धा गराइने समेत कार्यक्रमकि संयोजक रश्मि शाक्यले जानकारी दिनुभएको छ ।
अपांग प्रतिभा २०२० का विजेतालाई लाख रुपैया मुस्ताङ भ्रमण सहित म्युजिक भिडियो समेत प्रदान गर्ने शाक्यले जानकारी दिनुभएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #राइज एण्ड साइन क्रीएटिभ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्