चितवनमा प्रचण्डलाइ हराउन सक्ने एसपीको खोजी गरिदै
चितवन । नेकपा विघटनको असर प्रहरी सरुवामा समेत देखिएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार निकालेको सरुवामा ८ जिल्लाका प्रहरी प्रमुख सहित ३० जना (एसपी) हरु परिवर्तन भए । ११ महिनासम्म कार्यकाल पुरा गरेका पर्सा, बारा, धनुषा, झापा, सिन्धुली, काभ्रे, मकवानपुर र कञ्चनपुरका प्रहरी प्रमुखहरु फेरबदल भएका छन् ।
तर, उनीहरुसँगै चितवन गएका (एसपी) नान्तीराज गुरुङलाई भने ११ महिना बितिसक्दा समेत अझै हटाईएको छैनन् । गृहमन्त्री रामबहादुर थापा बादल र पुर्व प्रधानमन्त्री समेत रहेका (प्रचण्ड) को गृह जिल्ला समेत रहेको चितवनमा कसलाई पठाउने भन्ने कुरा नमिल्दा सरुवा रोकिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर बैशाखमा मध्यावधि चुनाव घोषणा गरेसंँगै नेकपा भित्र बढेको बिवादले प्रहरी प्रमुखको सरुवामा समेत असर गरेको छ । नेताहरूको आ – आफ्नै स्वार्थका कारण चितवनको सरुवा सधैं बिवादमा पर्ने गर्छ । उसो त प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर बादल आ – आफ्ना ‘यसम्यान’ एसपीलाई चितवन पठाउने तयारीमा जुटेका छन् । चुनाव भएमा प्रचण्डलाई हराउन भूमिका खेल्ने एसपीको खोजी भइरहेको स्रोत बताउँछ ।
यसअघिको चुनावमा प्रचण्डका विश्वासपात्र दीपक थापा चितवनमा थिए । थापाकै सहयोगमा भरतपुर महानगरपालिकामा रेनु दाहालले चुनाव जितेकी थिइन् । मतपत्र च्यातेर जितेको उक्त चुनावको सबै स्तरबाट बिरोध भयो । त्यसकारण पनि यसपटक उनलाई हराउन भूमिका खेल्ने एसपी पठाउन लागिएको हुन सक्ने स्रोत बताउँछ ।
यसअघि चितवनमा सरुवा हुँदा प्रचण्डको संकेत चाहिन्थ्यो । प्रचण्ड निकटका एसपीले मात्रै कमान्ड सम्हाल्ने अवसर जुट्थ्यो । प्रचण्डको ब्यक्तिगत स्वार्थकै कारण यसअघि एसपी गंगा पन्तलाइ चितवन आउन समेत दिइएको थिएन । निमित्त डिएसपी एकनारायण कोइरालाले नै डेढ महिना सम्म जिल्ला चलाए । तर, अहिले प्रचण्ड – ओलीको सम्बन्ध बिग्रेसंगै प्रचण्ड निकट एसपी चितवन आउन मुस्किल रहेको स्रोतले बतायो ।
स्रोतका अनुसार चितवनको प्रहरी प्रमुखको नेतृत्व गर्न अहिले तीन जनाले दौडधुप सुरु गरेका छन् । अपराध अनुसन्धान महाशाखामा कायारर्त (एसपी) द्वय इश्वर कार्की, श्याम कृष्ण अधिकारी, आइजीपी सचिवालयमा कायारर्त (एसपी) रमेश थापा चितवनको नेतृत्व गर्न दौडधूपमा लागेका छन् । यसअघि महानगरीय प्रहरी परिसरमा कायारर्त (एसपी) सोमेन्द्रसिंह राठौर पनि लागेका थिए । प्रचण्डको पिएसओ समेत बसिसकेका एसपी राठौरले चितवनको नेतृत्व लिन प्रचण्ड कहाँ अनुनय बिनय गर्दै आएका थिए ।
तर, उनको केही सिप लागेन । बिवादास्पद छवि भएका उनी अहिले मकवानपुरको प्रहरी प्रमुखको रूपमा नेतृत्व गरिरहेका छन् । बारम्बार बिवादतमा तानिरहने एसपी राठौर पर्सामा प्रहरी प्रमुख हुँदा ८ महिना पनि टिकेनन् । उनलेे पर्साको कमान्ड सम्हाल्दा हुन्डी कारोबार र तस्करहरुसँग मिल्नुका साथै, घुमुवामा प्रहरीलाई परिचालन गरेर आर्थिक लाभ समेत लिदै आएका थिए । उनका विरुद्ध दैनिक जसो उजुरी परिरहन्थ्यो । उनकैको कार्यकालमा पर्सामा दुइ प्रहरी समेत निलम्बित भए ।
घुमुवालाई प्रयोग गरेर अशुल्दै आएका एसपी राठौर माथि सट्टेबाजी गिरोहका नाइके गौरव तिवारीसँग मिलेर सेटिङ गर्ने गरेको आरोप समेत लागेको थियोे । त्यहीँ सेटिङका क्रम्मा उनलेे श्रीमती मार्फत् कारोबार गर्ने गरेको समेत छानबिनकै क्रममा खुल्यो । तिवारी पक्राउ परेपछि उनको मोवाइलमा चेक गर्दा भाइबर र इमोमा राठौरकी श्रीमतीसँग कनेक्सन देखिएको प्रहरी स्रोत बताउँछ । पछि तत्कालीन गृह-मन्त्रालयका सचिव प्रेमकुमार राईको निर्देशनमा उनलाई ८ महिनामै त्यहाँबाट हटाइएको थियो । त्यस्तै, एसपी राठौरको सट्टेबाजी मात्रै नभई मिटरब्याजी अनुराग कुँवरसँग पनि कनेक्सन थियो ।
प्रहरी इन्काउन्टरमा मारिएका गुण्डानाइके कुमार श्रेष्ठ ‘घैंटे’ को समूहका अनुराग कुँवरले राठौरसँग सेटिङ गरी केही दिन इटहरीका बिवादास्पद ठेकेदार नगेन्द्र श्रेष्ठ बिरुद्व चेक बाउन्समा उजुरी दिएका थिए । कुँवरकै सेटिङमा राठौरले श्रेष्ठलाई चेक बाउन्समा इटहरीबाट पक्राउ गरी काठमाडौं ल्याएका थिए । करोडौं रुपैयाँ फसेकाहरुको बारेमा बेवास्ता गर्ने परिसरले ३० लाख रुपैयाँको चेक बाउन्समा श्रेष्ठलाई इटहरीबाट पक्राउ गरी प्रहरीले बैँकिङ कसुरमा म्याद थप गरी अनुसन्धान थालेको छ ।
त्यस्तै, चितवनमा अर्को नेतृत्व लिन चाहने एसपी हुन् – श्यामकृष्ण अधिकारी । एसपी अधिकारीमाथि महोत्तरी एसपी हुँदा सांसद अपहरण काण्डमा सहयोग गरेको आरोप लागेको थियोे । सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरमा लिन जाँदा महोत्तरीका तत्कालीन एसपी समेत रहेका अधिकारीले सहयोग गरेकाले पनि उनलाई प्रचण्डको चाहनाविपरित सांसद महेश बस्नेत चितवनमै पठाउने प्रयास गर्दै आएका छन् । चितवन अतिरिक्त कमाइ हुने स्थान भएकोले पनि यहाँ एसपीहरुको प्रतिस्पर्धा हुने गर्दछ । यस्का लागी गृहमन्त्रालयमा समेत दबाब परिरहेको स्रोतले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
- ८कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !
तपाईको कमेन्ट लेख्नुहोस्