दुइ हवल्दार सहित तीन प्रहरी निलम्बित
चितवन । नेपाल प्रहरीमा तीन जना प्रहरी निलम्बित भएका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा कायारर्त प्रहरी हवल्दार बिर्गे जोगी, प्रहरी जवान रामकृष्ण मुडारी र ट्राफिक प्रहरीका हवल्दार लिला हुमागाईं निलम्बनमा परेका हुन् ।
गोरु लिएको आउँदै गरेको गाडीका चालकसँग घुस रकम लिने गरेको भन्ने गुनासोका आधारमा बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरीको बिशेष टोलीले उनीहरुलाइ सोमबार साँँझ ७ बजे रातोमाटे चेकपोस्टबाट नगद पाँच सय रुपैयाँ घुस सहित पक्राउ गरिएको हो । घुस सहित पक्राउ परेका जनपदका दुइ जना प्रहरीले आरोप स्वीकारे पनि ट्राफिकका हवल्दार हुमागाईंले भने आरोप स्वीकारेका छैनन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन दरबन्दी भएका उनलेे आफुलाइ समेत फसाइएकोले अदालतसम्म आफु जाने चेतावनी दिए । सोमबार बेलुकी पक्राउ परेका उनीहरुलाइ प्रदेश प्रहरी कार्यालयले हिजो (मंगलबार) निलम्बन गरेको हो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा अहिले प्रहरी निरीक्षक देवराज काफ्ले खटिएका छन् । उनको कमान्डमा मातहतका प्रहरी इकाइले खुलेआम घुस रकम लिएर बितण्डा मच्चाइरहदा समेत उनी बेखबर जस्तै बन्दै आएका थिए । प्रहरी प्रमुखको नेतृत्व गरेका काफ्लेको मातहतमा रहेको रातोमाटे चेकपोस्टबाट एकै पटक तीन प्रहरी निलम्बित हुँदा उनको पशुपतिनगरमा कमजोर कमान्ड रहेको यसबाट पुष्टि हुन्छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्