तोकिएकै समयमा निर्वाचन गराउन माग गर्दै सर्वोच्चमा पर्यो रिट
काठमाडौं, २१ पुस । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै समयमै निर्वाचन हुनुपर्ने माग पनि चर्को बन्दै गएको छ ।
यसैबीच तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन समेत दायर भएको छ । अधिवक्ता दिपक विक्रम मिश्रले तोकिएको समयमै निर्वाचन हुनुपर्ने भन्दै हिजो सोमबार रिट दायर गरेका हुन् ।
निर्वाचनलाई प्रभावित पार्ने गतिबिधि नगर्नु÷नगराउनु अन्तरिम आदेशको माग गर्दै रिट दायर गरिएको छ । उक्त रिटको आज पेसी राखिएको छ ।
सरकारले प्रतिनिधि सभा विघटनका साथै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गराउने गरी गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् । निर्वाचनको विषयमा नेकपाभित्रै विवाद छ र पार्टी फुटको दिशातर्फ उन्मुख छ ।
तर, प्रतिनिधिसभा ब्युँताउनुपर्ने माग भइरहेका बेला तोकिएको समयमा निर्वाचन गराउनुपर्ने र निर्वाचन नै समस्या समाधानको विकल्प भएकोतर्फ पनि मानिसहरुको मत एकतृत हुन थालेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सर्वोच्च अदालतमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्