चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?

चितवन । प्रहरी प्रधान कार्यालयले चितवनसहित ९ जिल्लाका प्रहरी प्रमुख (एसपी) हरुको सरुवाको तयारी सुरु गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एक बर्ष अवधी नपुगी कुनै पनि प्रहरी प्रमुखहरुको सरुवा नगर्ने रणनीति ल्याए पनि उनी यतिबेला आफ्नै निर्णयबाट पछि हटेका छन् ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पर्साकी प्रहरी प्रमुख (एसपी) गंगा पन्तको बारेमा धेरै नै उजुरी तथा गुनासो आएकोले पनि एक बर्ष नपुग्दै ९ जिल्लाका (एसपी) हरुको सरुवा गर्ने तयारी सुरु गरेको हो । यसरी सरुवा हुने जिल्लाहरूमा चितवन सहित पर्सा, बारा, पुर्वी नवलपरासी, काभ्रे लगायतका छन् । यद्यपि, काभ्रेका (एसपी) रविराज पौडेलको कार्यकाल एक बर्ष पुगिसकेको छ भने अन्य (एसपी) हरुको कार्यकाल ११ महिना मात्रै पुगेको छ ।
बिवादास्पद एसपी राठौरले चितवन ताक्दै
चितवनमा प्रहरी प्रमुखको नेतृत्व गर्न चार जनाले दौडधुप सुरु गरेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसरमा कायारर्त (एसपी) सोमेन्द्रसिंह राठौर, अपराध अनुसन्धान महाशाखामा कायारर्त (एसपी) द्वय इश्वरबाबु कार्की, श्याम कृष्ण अधिकारी, आइजीपी सचिवालयमा कायारर्त (एसपी) रमेश थापाहरु चितवनको नेतृत्व गर्न दौडधूपमा लागेका छन् ।
यी मध्य (एसपी) राठौर बिवादास्पद प्रहरी हुन् । बारम्बार बिवादतमा परिरहने एसपी राठौर पर्सामा प्रहरी प्रमुख हुँदा ८ महिना पनि टिकेनन् । उनलेे पर्साको कमान्ड सम्हाल्दा हुन्डी कारोबार र तस्करहरुसँग मिल्नुका साथै, घुमुवामा प्रहरीलाई परिचालन गरेर आर्थिक लाभ समेत लिदै आएका थिए । उनका विरुद्ध दैनिक जसो उजुरी परिरहन्थ्यो ।
उनकैको कार्यकालमा पर्सामा दुइ प्रहरी समेत निलम्बित भए । घुमुवालाई प्रयोग गरेर अशुल्दै आएका एसपी राठौरमाथि सट्टेबाजी गिरोहका नाइके गौरव तिवारीसँग मिलेर सेटिङ गर्ने गरेको आरोप समेत लागेको थियोे । त्यहीँ सेटिङका क्रम्मा उनलेे श्रीमती मार्फत् कारोबार गर्ने गरेको समेत छानबिनकै क्रममा खुल्यो । तिवारी पक्राउ परेपछि उनको मोवाइलमा चेक गर्दा भाइबर र इमोमा राठौरकी श्रीमतीसँग कनेक्सन देखिएको प्रहरी स्रोत बताउँछ । पछि तत्कालीन गृह-मन्त्रालयका सचिव प्रेमकुमार राईको निर्देशनमा उनलाई ८ महिनामै त्यहाँ बाट हटाइएको थियो ।
त्यस्तै, एसपी राठौरको सट्टेबाजी मात्रै नभई मिटरब्याजी अनुराग कुँवरसँग पनि कनेक्सन थियो । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डानाइके कुमार श्रेष्ठ ‘घैंटे’ को समूहका अनुराग कुँवरले राठौरसँग सेटिङ गरी केही दिन इटहरीका बिवादास्पद ठेकेदार नगेन्द्र श्रेष्ठबिरुद्व चेक बाउन्समा उजुरी दिएका थिए । कुँवरकै सेटिङमा राठौरले श्रेष्ठलाई चेक बाउन्समा इटहरीबाट पक्राउ गरी काठमाडौं ल्याएका थिए । करोडौं रुपैयाँ फसेकाहरुको बारेमा बेवास्ता गर्ने परिसरले ३० लाख रुपैयाँको चेक बाउन्समा श्रेष्ठलाई इटहरीबाट पक्राउ गरी प्रहरीले बैँकिङ कसुरमा म्याद थप गरी अनुसन्धान थालेको छ ।
र, अहिले उनै बिवादास्पद एसपी राठौरले चितवन सरुवाको लागी चलखेल सुरु गरेका छन् । स्रोतका अनुसार पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको गृह जिल्ला समेत रहेकोेले पिएसओ समेत बसिसकेका एसपी राठौर प्रचण्डकै अनुनय बिनय गरेर चितवनमा आउन लागिपरेका छन् । तर, नेकपा विभाजन भएपछि भने उनको चितवन आउने सम्भावना छैनन् । यद्यपि, उनले अहिले चितवनको लागी बालुवाटार तिर मिलाउने कसरतमा लागिपरेका छन् ।
त्यस्तै, चितवनमा अर्को नेतृत्व लिन चाहने एसपी हुन् – श्यामकृष्ण अधिकारी । एसपी अधिकारीमाथि महोत्तरीमा एसपी हुँदा सांसद अपहरण काण्डमा सहयोग गरेको आरोप लागेको थियोे । सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरमा लिन जाँदा महोत्तरीका तत्कालीन एसपी समेत रहेका अधिकारीले सहयोग गरेकाले पनि उनलाई प्रचण्डको चाहनाविपरित सांसद महेश बस्नेत चितवनमै पठाउने प्रयास गर्दै आएका छन् ।
चितवन अतिरिक्त कमाइ हुने स्थान भएकोले पनि यहाँ चार जना एसपीहरुको दौडधुप सुरु भएको हो । यस्का लागी गृहमन्त्रालयमा समेत दबाब परिरहेको स्रोतले जनाएको छ । यसैैबीच, प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार कार्यसम्पादनको कारण देखाउँदै बाग्लुङ, गोर्खा र पश्चिम नवलपरासीका एसपीहरुको समेत समयावधी नपुुग्दै हटाउन चलखेल सुरु गरिएको छ ।
बाग्लुङका एसपी लोकेन्द्र श्रेष्ठ र गोर्खाका एसपी सुरेन्द्र गुरुङलाइ कार्यसम्पादनको कारण देखाउँदै त्यहाँको जिम्मेवारीबाट हटाउन लागिएको हो । गत, भाद्र २९ गते बाग्लुङ पुगेका एसपी श्रेष्ठ जहाँ गए त्यही विवादमा पर्ने प्रहरी अधिकृत हुन् । उनलाई यसअघि मकवानपुरबाट २१ दिनमै सरुवा गरिएको थियो । त्यस्तै, कमलपोखरी वृत्तमा हुँदा पनि उनलाइ कारबाहीस्वरुप त्यहाँबाट हटाइएको थियो । बाग्लुङमा नेताहरुसँग कुरा नमिले पछि उनीहरुकै दबाबमा त्यहाँका एसपी शारदाप्रसाद चौधरीलाई पाँच महिनामै सरुवा गरेर श्रेष्ठलाई पठाएको थियो । यद्यपि, श्रेष्ठ पनि गएको चार महिनामै तानिने लगभग पक्कापक्की जस्तै भएको स्रोत बताउँछ ।
त्यस्तै, गोर्खाका प्रमुख (एसपी) सुरेन्द्र बहादुर गुरुङ समेत तानिने भएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखामा रहेका गुरुङ गोर्खा प्रहरी प्रमुख भएर आएको सात महिनामै कार्य सम्पादनको कारण देखाउँदै सरुवाको तयारी गरिएको स्रोत बताउँछ ।
उता, नवलपरासीका एसपी अजय केसीलाइ समेत हटाउन लागिएको छ । ५ नम्बर प्रदेशका प्रहरी प्रमुख (डिआइजी) रविन्द्र धानुक र पश्चिम नवलपरासीका (एसपी) अजय केसीको तालमेल नमिले पछि उनलाई पनि ८ महिनामै सरुवा गर्न लागिएको स्रोतले बताएको छ । उनलाई त्यहाँका एसपी लालमणी आचार्य एसपी बाट एसएसपीमा बढुवा भएपछि बैशाखमा सरुवा गरी पठाइएको थियोे ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्