पोखरामा ५ लाख कोरोना विरुद्धको भ्याक्सिन भण्डारण हुने

गण्डकी प्रदेशमा तीन महिनापछि आगामी मार्च महिनामा कोरोना विरुद्धको भ्याक्सिन ल्याउने तयारी गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहकार्यमा संघीय सरकारको सहयोगमा मार्चमा पहिलो चरणमा राहतस्वरुप कोरोनाको भ्याक्सिन ल्याउने तयारी भएको केन्द्रका निर्देशक खिमबहादुर खड्काले बताउनुभयो ।
गण्डकी प्रदेशको राजधानी पोखरामा भ्याक्सिनको भण्डारण तथा वितरण हुने भएको उहाँले जानकारी दिनुभयो । हाल नेपालमा २ देखि ८ डिग्री सेल्सियस तापक्रममा व्यवस्थापन गर्नुपर्ने भ्याक्सिन प्रदेशको लागि उपयुक्त वातावरण हुने निर्देशक खड्काले बताउनुभयो । गण्डकी प्रदेश सरकारले पहिलो चरणमा भ्याक्सिन भण्डारणको लागि ४० लाख रुपैयाँ विनियोजन गरेको बताउनुभयो । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) पोखराको परिसरमा भण्डारण कक्षा निर्माण भइरहेको उहाँले बताउनुभयो । नेपाल सरकारले हाल १२ प्रकारका विभिन्न खोप निःशुल्क रुपमा वितरण गर्दै आएकाले रुवेला, दादुरा जस्तै अभियानमा कोरोना विरुद्धको भ्याक्सिन समेत लगाइने निर्देशक खड्काले दाबी गर्नुभयो ।
पोखरामा करिब ५ लाख भ्याक्सिन भण्डारण हुने गरी हाल भण्डारण कक्ष निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।
युनिसेफको सहयोगमा हाल करिब २० प्रतिशत सहयोग प्राप्त हुने भएको निर्देशक खड्काले बताउनुभयो ।
कोरोना रोकथामका लागि आवश्यकताको आधारमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जेष्ठ नागरिक, प्रतिरक्षा कोष कमजोर भएका, बालबालिका लगायतलाई लगाउने भएको उहाँले भन्नुभयो । कोरोनाले अहिले पनि स्वरुप परिवर्तन गर्ने भएकाले भ्याक्सिन लगाएसँगै त्यसको प्रभाव मूल्यांकन गरी भ्याक्सिन खरिद गर्नु पर्ने जटिल समस्या भएको उहाँले भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना विरुद्धको भ्याक्सिन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्