Techie IT
मंगलबार, असार २४,२०८२

किवानिस ह्यापि नेपालद्धारा भुकम्पबाट बिस्तापित २१ बालबालिकालाई न्यानो कपडा एवं खाध्यान बितरण


काठमाडौं । राजधानिको गोकणेश्वर नगरपालिकामा अवस्थित सुन्दरीजलमा न्यानो कपडा वितरण गरिएको छ ।

किवानिस ह्यापि नेपालले भुकम्पबाट बिस्तापित भई आर्थिक अवस्था कमजोर भएका गरिब २१ जना बालबालिकाहरु लाई चिसोबाट जोगाउन न्यानो कपडा एवं खाध्यान बितरण गरेको हो ।

चिसोको समयमा ओढ्ने न्यानो कपडा , खाध्यन्न , ग्याँस चुलो लयागतका अतिआबश्यक साम्राग्री लव प्रसाद सुधार संघको बाल गृहमा बस्ने बालबालिकाहरुलाई बितरण गरिएको अध्यक्ष भास्कर राज पन्तले बताए ।

सो कार्यक्रममा समाजसेवी प्रमिला लामिछाने , किवानिस ह्यापि नेपालका डि«स्टिक गभर्नर मोहोन लम्साल लगायतको सहभागी रहेको थियो ।

यसै बिच समाजसेवी प्रमिला लामिछानेले विभिन्न संघ संस्था, व्यक्तिहरूको सहयोगमा बिभिन्न सामाजिक काम संचालन गर्दे आएको बताए ।

न्यानो कपडा पाएपछि लव प्रसाद सुधार संघको बालगृहमा बस्ने बालबालिकाहरु खुशी भएका छन्।

 


क्याटेगोरी : समाचार
ट्याग : #किवानिस ह्यापि नेपाल, #न्यानो कपडा एवं खाध्यान बितरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:13 am7:04 pm +0545