Techie IT
बिहीबार, फागुन १,२०८१

लागूऔषध सहित कास्कीका गुरुङ चितवनबाट पक्राउ


चितवन । चितवनबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नंम्बर १ रामनगरमा नारायणगढ बाट मुग्लिङतर्फ जाँदै गरेको ग. १८. प. ५९०० नम्वरको मोटरसाइकल दुर्घटना भएको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामनगरवाट खटिएको प्रहरीको टोलीले लागूऔषध डाईजेपाम ३०० एम्पुल, व्यूप्रिनोफिर्न ३०० एम्पुल र फेनेरगन ३०० एम्पुलसहित कास्की पोखरा महानगरपालिका वडा नम्वर २७ बस्ने बर्ष ३१ को सुवास गुरुङलाइ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मोटरसाइकल दुर्घट्ना भएको भन्ने जानकारी पछि प्रहरीको टोली घट्नास्थलतर्फ गएको थियो, टोली त्यहाँ पुग्दा दुर्घट्ना भएको भनिएको मोटरसाइकल पल्टिएको आवस्थामा रहेको र चालक गुुुुुरुङले पछाडी बोकेको झोला चोकजाँच गर्ने क्रममा लुकाइराखेको अवस्थामा उक्त लागूऔषध फेला परेको चितवन प्रहरीका प्रमुख (एसपी) नान्तिराज गुरुङले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:41 am5:54 pm +0545