बूढानीलकण्ठ मन्दिर आइतबारदेखि भक्तजनका लागि खुला

विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिने भएको छ ।
कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले राससलाई जानकारी दिनुभयो ।
बिहान सवा आठ बजे मन्दिरमा आयोजना गरिने कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले मन्दिर खुला गरिएको घोषणा गर्नुहुने पनि उहाँले जानकारी दिनुभयो । नौ महिनासम्म मन्दिर बन्द गरिएपनि नित्य पूजा, आरती भने नियमति भइरहेको छ ।
मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो । बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहनुभएको धार्मिक विश्वास छ ।
ठूलो शिलामा जलमाथि भगवान् शयन गर्नुभएको अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ । यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् । चैत ११ गतेदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर पनि पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बूढानीलकण्ठ मन्दिर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्