हेटौँडा बजारमा पैदलयात्रुका लागि कुर्ची

वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मुख्य शहर क्षेत्र हेटौँडा बजार क्षेत्रमा पैदलयात्रुको सहजताका लागि बजारका विभिन्न स्थानमा सिमेन्टका कुर्ची व्यवस्थापन गरिएको छ ।
हेटौँडाका ठाउँठाउँमा पैदलयात्रुलाई बस्नका लागि विभिन्न बजारी क्ष्ोत्रमा सिमेन्टका २५ वटा कुर्ची राखिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो । सो कुर्चीको आर्थिक व्यवस्थापन हेटौँडा उपमहानगरपालिकाले गरेको छ ।
हेटौँडाको बुद्धचोकमा चार, सिमाचोकमा तीन, अजम्बरोडमा दुई, वासुकला चोकमा तीन, मानसचोकमा दुई, नगरपालिका रोडमा चार र मनकामना जाने बाटोमा छ वटा कुर्ची राखिएको छ ।
सिमेन्टका रङ्गिन कुर्ची राखिएपछि यात्रुलाई बस्नका लागि सजिलो भएको र यस क्षेत्र सुन्दरसमेत देखिएको छ । बस्नका लागि कुर्ची राखेपछि यात्रुसमेत खुशी भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #हेटौँडा बजार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्