शीतलहर तथा हिमपातबाट नागरिकलाई जोगाउन गृहको यस्तो छ योजना
गृह मन्त्रालयले जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्ग दर्शन २०७७’ स्वीकृत गरी लागू गरेको छ ।
जाडो मौसम शुरु भएसँगै शीतलहर र हिमपातबाट जनधनको क्षति रोक्न मार्गदर्शन जारी भएसँगै ७७ वटै जिल्लामा चरणबद्ध रुपमा पूर्व तयारीका कार्यक्रम शुरु भएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सूचना सङ्कलनदेखि विपद् हुन नदिन र विपद्का घटना भइहालेमा उद्धार, राहत वितरण तथा पुनःस्थापनका कार्यक्रम तय गरी तयारी थालिसकिएको जानकारी दिनुभयो ।
स्थानीय र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै अबस्था अध्ययन गरी विवरण सङकलन गर्ने, साधनस्रोतको कमी रहे÷नरहेको पहिचान गरी त्यसको जोहो गर्ने तथा अपुग सामग्री केन्द्रमा माग गर्ने मार्गदर्शनमा उल्लेख छ । तल्लो तहबाट आएको प्रतिवेदनका आधारमा सङ्घीय सरकारबाट आवश्यक सहयोग तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।
केही अघि बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सबै जिल्लाका स्थानीय तहलाई आवश्यक तयारीमा लाग्न निर्देशन दिइसकेको छ । त्यसका लागि जिम्मेवार निकायको रुपमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यावस्थापन समितिलाई तोकिएको छ । सहयोगीका रुपमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति रहेको मार्गदर्शनमा उल्लेख छ । यस्तै राहत, आश्रयस्थलको व्यवस्थापकीय कार्यसमेत तत्काल प्रबन्ध गर्ने गरी कार्यक्रम अघि बढेको पोखरेलले बताउनुभयो । सोही व्यवस्थापन र अवस्था अध्ययनका लागि हालै मात्र शीतलहरबाट बढी प्रभावित हुने तराईका विभिन्न जिल्ला पुगेर प्राधिकरणले छलफल चलाएको उहाँले जानकारी दिनुभयो ।
विगत १० वर्षको तथ्याङ्क हेर्दा मुलुकमा शितलहरका कारण ११६ जनाले ज्यान गुमाएका छन् । विसं २०७१ असोज २८ मा मनाङ, मुस्ताङलगायतको हिमाली क्षेत्रमा आएको हिमआँधी ९हुदहुद० का कारण ४३ जनाको ज्यान गएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । जसमध्ये २१ जना पदयात्री रहेका थिए । त्यहाँ ५० जना हराएका थिए भने ४०० जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ ।
शीतलहर र हुस्सु तथा हिमपातका कारण ठूलो भौतिक तथा अन्य क्षति भए पनि ठोस अभिलेख भने नभएको प्राधिकरणले जनाएको छ ।
यसवर्ष थप चुनौतीपूर्ण
यसवर्ष भने मनसुनजन्य विपद्मा परेर धेरैको ज्यान गएको र घरबार विहीन भएको अवस्था छ । प्राप्त विवरणअनुसार विभिन्न विपद्जन्य घटनामा वैशाख यता मात्रै ४८६ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण ज्यान गुमाएका परिवार र घरबारविहीन नागरिक अझै पनि अस्थायी आश्रयस्थलमा रहेका छन् । उनीहरुलाई जाडोको समयमा थप समस्या पर्ने भएकाले अवस्था चुनौतीपूर्ण रहेको देखिएको छ । त्यसमा पनि ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी तथा गर्भवती थप सङ्कटमा छन् ।
कोठा तातो बनाउन आगो ताप्दा निसासिएर मृत्यु तथा घाइते हुने गरेको छ । आगलागीबाट जनधनको क्षति भएको छ । कोभिड–१९ सङ्क्रमणको अवस्था कायमै रहेका बेला जाडो बढेसँगै दोहोरो चुनौती खडा भएकाले विशेष ध्यान दिनुपर्ने विपद्सम्बन्धीको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बताउनुभयो ।
गृह मन्त्रालयले न्याना कपडा लगाउन, धेरै चिसोमा नहिँड्न, आगो बालेर कोठा बन्द गरेर नबस्न सर्वसाधारणमा अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृह मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्