Techie IT
शुक्रबार, जेठ ११,२०८१

संखुवासभामा कांग्रेसको सरकार विरुद्ध शक्ति प्रदर्शन (फोटो फिचर)


२९ मंसिर, संखुवासभा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति  संखुवासभाले सदरमुकाम खाँदबारीमा सोमबार सरकार विरुद्ध बृहत प्रदर्शन गरेको छ । नेपाली कांग्रेसले काठमाडौं सहित सबै जिल्ला र ठूला सहरहरुमा प्रदर्शन र आमसभा गरेको हो ।

 

 

संखुवासभा कांग्रेसले आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो । सदरमुकाम खाँदबारीको पार्टी कार्यालयको प्राङ्गणमा सभा गरेको थियो । जिल्लाका शिर्ष नेताहरु सहभागी भएको जुलुसले नगर प्ररिक्रमा गरि सभामा परिणत भएको थियो । उक्त सभालाई पूर्व खानेपानी राज्यमन्त्री दिपक खडका, पूर्व स्वास्थ राज्यमन्त्री  तारामान गुरुङ र पार्सटी सभापति दीपन कुमार श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।

कांग्रेसले सोमबारको प्रदर्शनलाई शक्ति प्रदर्शनको अवसरको रुपमा समेत लिएको देखियो । सबैजसो कार्यक्रममा कांग्रेसको झण्डा र राष्ट्रिय झण्डासहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले सरकारविरुद्ध उत्तेजक नाराबाजीसमेत गरेका थिए ।

 

 

हेर्नुहोस्  विरोध प्रदर्शनका तस्वीर –


क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #तारामान गुरुङ, #दिपक खड्का, #नेपाली कांग्रेस, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:10 am6:50 pm +0545