ठेक्कापट्टा र राजनीतिमा शिक्षकलाई नअल्मलिन शिक्षामन्त्रीको आग्रह

मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन् ।
मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयको नयाँ पुस्तकालय भवनको उद्घाटन गर्दै उनले शिक्षालाई प्रविधिमैत्री बनाउन शिक्षकले मेहनत गर्नुपर्ने बताए ।
झापाको नमूना विद्यालयका रुपमा चिनिएको आदर्श माविमा संघीय सरकारको रु १६ लाख र प्रदेश नम्बर १ सरकारको रु छ लाख ५० हजार गरी कूल रु २२ लाख ५० हजारका लागतमा विद्यालय परिसरमा पुस्तकालय भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेलले बताए ।
यसअघि मन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यका नाममा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापाद्वारा बिर्तामोडमा सञ्चालित बहुप्राविधिक शिक्षालयको आज बिहान उद्घाटन गरेका थिए ।
बिर्तामोड नगरपालिका–४ मा भवन भाडामा लिएर सञ्चालित शिक्षालयमा कृषि, जीव र वनविज्ञान सम्बन्धी पढाइ हुनेछ ।
शिक्षालयमा १२० जनाले तीनवर्षे डिप्लोमा तहको अध्ययनको अवसर पाउने प्रतिष्ठान झापाका अध्यक्ष ज्योतिसिंह दर्लामीले बताए ।
उनले शिक्षालयले जग्गा भाडामा लिएको र दुई वर्षभित्र आफ्नै भवनसमेत बनाउने तयारी गरिरहेको जानकारी दिए । –रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गिरिराजमणि पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्