हत्या गरिएका शिक्षक श्रेष्ठलाई शहीद घोषणा गर्न माग

नेपाल शिक्षक महासङ्घले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानूनी कारवाही र दिवङ्गत उहाँलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ ।
महासङ्घका अध्यक्ष बाबुराम थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी सरकारलाई बुझाउनुभएको पत्रमा श्रेष्ठको परिवारको पालनपोषणको जिम्मा लिन पनि आग्रह गरिएको छ ।
अध्यक्ष थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बराललाई भेटी दिनुभएको उक्त पत्रमा हिंसात्मक गतिविधि बन्द गरी त्यस्ता समूहले सरकारसँग आफ्ना कार्यसूचिबारे वार्ता गर्नुपर्ने पनि जनाइएको छ ।
यही मङ्सिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई नेत्रविक्रम चन्द नेतृत्वको समूहले सुराकीको आरोपमा निर्ममतापूर्वक घाँटी रेटी हत्या गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #हत्या गरिएका शिक्षक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्