ओलीद्वारा बालुवाटारमा सर्वदलीय बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मंगलबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । सो बैठकमा समसामयिक विषयवस्तुमा छलफल हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रले सो बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई डाकिएको छ ।
कोरोनाको संक्रमण र गणतन्त्रविरोधी तत्वहरु सलबलाइरहेको अवस्थामा प्रधानमन्त्रीले सबै दललाई राखेर छलफल गर्न लाग्नु भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली






तपाईको कमेन्ट लेख्नुहोस्