नेकपाको सचिवालय बैठक आज पनि बस्दै ,ओली भन्छन बैठक बसिरहनुको औचित्य छैन
काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दै छ ।
बैठक दिउँसो १ बजे बालुवाटारमा बस्नेछ । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली बैठकमा सहभागी हुने वा नहुने भन्ने विषयमा दुई थरी कुराहरू आइरहेका छन ।
ओलीले बैठक बसिरहनुको औचित्य नरहेको भन्दै बुधबारको बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।
बैठकमा मंगलबारदेखि दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपाको सचिवालय बैठक






तपाईको कमेन्ट लेख्नुहोस्