तारकेश्वोर पाँचमानेमा प्रधानमन्त्री पत्नी सहीत मन्त्रिहरुको अवलोकन
सडक मानव मुक्त अभियान अन्तर्गत काठमाण्डुको तारकेश्वोर पाँचमानेमा निर्माण हुने आश्रमको प्रस्तावित निर्माण स्थलको अवलोकन गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्य , शहरी बिकास राज्यमन्त्री रामवीर मानन्धर , तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा , उपमेयर भवानी डोटेल लगायतको उपस्थीती रहेको थियो ।
काठमाडौँ उपत्यकालाई बेसहारा सडक मानव मुक्त गर्ने लक्ष्यअनुसार अहिले यहाँ उद्धार अभियानलाई तीव्र पारिएको छ । रात्रीकालीन सडक सेवा नै सञ्चालन गरेर उद्धार थालिएको हो । उद्धार अभियान सञ्चालन गरिरहेको मानवसेवा आश्रमका अनुसार सामाजिक सङ्घसंस्था र सरकारी निकायसँगको समन्वयमा काठमाडौँ, ललितपुर र भक्तपुरमा उक्त अभियान सञ्चालन गरिएको छ । यसै क्रममा तारकेश्वरको पाँचमाने पनि उपयुक्तm गन्तब्य रहेको मेयर रामेश्वर बोहोराले साझापाना अनलाइनलाई बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलेनै सडकका कोही भोकै रहँदैन, भोकले कोही मर्दैन त्यसको जिम्मा सरकारले लिन्छ भनेर यसअघि नै घोषणा गरेअनुसार आज स्थलगत निरिक्षण गरिएको मेयर बोहोराको भनाई छ ।
सोही योजनाअनुसार यो वर्षभित्रै काठमाडौँ उपत्यकालाई बेसहारा सडक मानव मुक्त बनाउने तयारी थालिएको छ ।
सोही अभियानका क्रममा पछिल्लो एक हप्तामा मात्रै १५ जनाको सडकबाट उद्धार गरिएको छ । उनीहरुलाई काठमाडौँ, ललितपुर र भक्तपुरको आश्रममा लगेर राखिएको छ । “गत वर्ष नै उपत्यकालाई बेसहारा सडक मानव मुक्त बनाउने योजना कोरोनाका कारण सफल हुन सकेन, अब छिट्टै घोषणा गर्ने गरी काम थालिएको छ”, ।
घोषणाका लागि काठमाडौँ महानगरलगायत विभिन्न स्थानीय तह, सङ्घीय सरकारका सरोकार राख्ने मन्त्रालयसँग समन्वय भइरहेको शहरी बिकाश राज्य मन्त्रि रामबिर मानन्धरले साझा पाना अनलाइनलाइ बताए ।
काठमाडौँ उपत्यकामा सहयोगापेक्षी सडक मानव न्यून रहे पनि पेशेबर मगन्तेका कारण समस्या भइरहेको छ ।
उनीहरुको व्यवस्थापन चुनौतीपूर्ण छ । सरकारले आगामी विसं २०७८ भित्र मुलुकलाई नै बेसहारा सडक मानव मुक्त बनाउने योजनाअघि सारेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वोर पाँचमाने
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्