तारकेश्वर नगरपालिकालाई कांग्रेसको ९ बुँदे ज्ञापनपत्र (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर नगर समितिले तारकेश्वर नगरपालिकालाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ । नगर भित्रका समसामयिक विषयवस्तुलाई समेटि ९ बुंदे ज्ञापनपत्र बुझाएको छ । बुधवार नगरपालिकाको कार्यालयमा नगर प्रमुख रामेश्वर बोहोरा र उपप्रमुख भवानी डोटेल धिताललाई संयुक्त रुपमा नेपाली कांग्रेस नगर सभापति श्रीराम थापाले ज्ञापन पत्र बुझाएका हुन् ।
तारकेश्वर नगरपालिकामा प्रतिपक्षको भूमिका खासै नदेखिएको अवस्थामा नेपाली काँग्रेस नगर समितिको नाममा आएको ज्ञापनपत्रमा धेरैजसो बुँदाहरु सञ्चार माध्यममा आइसकेका पुराना समाचारहरुलाई बुँदागत रुपमा तयार पारी बुझाएको देखिन्छ । नेपाली काँग्रेसका तारकेश्वरका एक नेताले नाम नबताउने शर्तमा बताएअनुसार यी ९ बुँदा विरोधका लागि विरोध मात्र भएको बताएका छन् । उनले भनेका छन् काँग्रेसकै केही स्थानीय नेताहरु अवैध बालुवा उत्खनन् र जग्गा प्लटीङमा लागिरहेका बेला उनिहरुलाई कारवाही गर्न नसक्नेले विज्ञप्ति निकाल्नुको कुनै अर्थ छैन ।
तारकेश्वर नगरपालिका भित्र हुने विकास निर्माण कार्यको अनुगमनमा विपक्षि पार्टीको भूमिका सक्रियतापूर्वक हुनुपर्नेमा शुन्य देखिन्छ । अनलाइन सञ्चार माध्यमहरुमा विगत १ वर्षदेखि आइरहेका समाचारहरुलाई संकलन गरेर विज्ञप्ति बनाइएको बुझिन्छ ।
नगर उपप्रमुख भवानी डोटेल धितालले नगरपालिकाले गरेका समग्र विकासका कार्यक्रमहरुका बारेमा उचित प्रचारप्रसार नभएकोले विकासको महशुस हुन नसकेको बताउनुभएको छ ।
कार्यक्रममा पर्यावरण संरक्षण चिन्तक माधव तिमिल्सिनाले नगरपालिकाको वडा नं १ र २ मा भू–खण्डिकरण हुँदै आएको र उक्त कुरालाई नगरपालिकाले याथाशीघ्र रोक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी रामप्रसाद मर्हजनले ज्ञापनपत्रमा उल्लेख भएका गुनासाहरु तत्काल सम्बोधन नभए नगरपालिकाको कार्यालयमा ताला लगाउन पछि नपर्ने बताएका छन् ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख बोहोराले कोभिड–१९ महामारीका कारण प्रभावकारी काम गर्न नसकेको र त्यसलाई छिट्टै निरन्तरता दिईने बताए । नगर भित्र संचालनमा रहेका केहि अवैध कार्यहरु रोक लगाउँदा नगरमा राजस्व संकलनमा समेत कमि आउने भएकाले केहि त्यस्ता कार्यलाई रोक्न नसकिएको बताएका छन् ।
नेपाली काँग्रेस तारकेश्वर नगरले नगरपालिकामा बुझाएको ज्ञापनपत्रको पूर्णपाठसहित…
– जनताले श्रीमद् भागवत पूराणलगाई चन्दादानबाट हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल स्थापना गरेको इतिहासलाई तिलाञ्जली दिई मनपरी ढंगले प्रयोग गर्न पूर्ण रूपमा हडप्नेशैली अपनाई उक्त अस्पतालमा वडा कार्यालय लगायत अन्य कार्य सञ्चालन गरी अस्पताल विस्थापन गरी जनताको अपमान भएकोमा हामी खेद प्रकट गर्दछौं । अविलम्व उक्त अस्पताललाई नगर स्तरीय कोभिड अस्पतालको रुपमा विकास गरी अत्याधुनिक प्रयोगशाला स्थापना गरी कम्तीमा २० वटा पिसिआर मेसिन, आइसियु भेन्टिलेटरसहितको बेडको व्यवस्था गरी सञ्चालनमा ल्याई एक घर एक पिसिआर परिक्षण तुरुन्त हुरु गर्नको लागि हामी जोडदार माग गर्दछौं ।
– हाल नगरपालिकामा करिव १७०० भन्दा बढि संक्रमित रहेकोमा आइसोलेसन बेड नहुँदा संक्रमण फैलने जोखिम झन बढेकोमा जोखिम व्यवस्थापनमा समेत नगरपालिका मुकदर्शक भई हेलचक्राई गरेको प्रति हामी आपत्ती प्रकट गर्दछौं ।
– विगत ४ वर्षदेखि नेपालटार, जरंखु, सानो बाइपास, तिनपिप्ले सडक खण्ड अन्तर्गत सानो बाइपास खण्ड २ वर्षदेखि जिर्ण भई मर्मत गर्दागर्दै रोकिएको र चिसापानी देखि फेदि बजारसम्मको सडक सवारी साधन र पैदल यात्री समेत आवत जावत गर्न अवरुद्ध भएको छ । यसलाई तुरुन्त सञ्चालन गरियोस । ३ महिना अगाडी मात्र गरिएको कालोपत्रे उप्किएको देखिन्छ । कतै जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा यस्तो कार्य त भइरहेको छैन ? सो को यथार्थ छानविन गरी दोषिमाथि कारवाही गर्न हामी जोडदार माग गर्दछौं । त्यसैगरी नेपालटार, फुटुंग साङला सडक, बालाजु गोलढुंगा सडकको समेत अवस्था नाजुक भएको हुँदा समेत नगरपालिका मूक दर्शक भएको प्रति हाम्रो गम्भिर आपत्ति छ ।
– भण्डारी गाउँदेखि साङ्ला विहानी चोकसम्मको सडकको उत्तर दिशातर्फको माथिल्लो भाग मध्यवत्र्ति क्षेत्र अन्तर्गत पर्ने उक्त क्षेत्र वन्यजन्तुको आरक्षण स्थल समेत भएको र सो क्षेत्रको भाग निषेधित हुँदा हुँदै डोजर लगाई प्लटीङ गर्ने बाटो खोल्ने जस्ता गतिविधी सञ्चालनमा रहेको, सार्वजनिक जग्गाको दोहन भइरहेको र अनाधिकृत रुपमा जमिनको खण्डिकरण गरी प्लटीङ गरी पर्यावरण वातावरण विनासमा नगरपालिका संलग्न भइरहेको आशंका आम जनतामा व्याप्त छ । गैर कानुनी रुपमा भइरहेको प्लटीङ लाई तुरुन्त रोकी व्यवस्थित शहरीकरणको लागि तत्कालै एक्सन प्लानमा जानको लागि अनुरोध गर्दछौं साथै सार्वजनिक र सरकारी नापजाँच गरी आवश्यक संरक्षण गर्न माग गर्दछौं ।
– विगत ३ वर्षदेखि नगरको आय/व्यवको सम्बन्धमा सार्वजनिकरण गर्नुपर्नेमा आम नगरबासीको मनोभावना माथि कुठाराघात गरी हिसाव कितावलाई गुमराहमा राखी भ्रष्टाचारलाई बढावा दिएको हाम्रो पार्टीको ठहर छ । सो सम्बन्धमा सत्य–तथ्य सूचना आम नगरबासीमा सम्प्रेषणको लागि हामी अनुरोध गर्दछौं ।
– टेण्डर भएको ४ वर्ष वितिसक्दा पनि काम गर्न आवश्इक वातावरण नमिलाई दिँदा शेषमती–जरंखु–काभ्रेस्थलीको बीचको खण्ड हालसम्म पनि नबन्दा हिलाम्मे अनि खाल्डो भएको सडकमा कहिलेसम्म हिँड्नु पर्ने हो नगरवासीले नगर प्रमुख ज्यू ? मिलेमतो र भ्रष्टाचारको यो भन्दा ठूलो नमुना के हुन सक्छ ?
– कोरोनाले शैक्षिक क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा समेत नगरस्तरीय शिक्षा साखाको मौनताले आम विद्यार्थीहरुको भविष्यप्रति नगरपालिका कुम्भकर्ण जस्तै निदाईमा भएको हाम्रो ठहर छ । तत्कालै ठोस कार्य योजनाको लागि अनुरोध गर्दछौं ।
– बजेट विनियोजनमा पारदर्शिताको कमी साथै देखिन्छ, आफ्नो पक्षका जनप्रतिनिधि भएको ठाउँमा बढि बजेट र विपक्ष भएको ठाउँमा कम बजेट विनियोजन भएको गुनासो सुन्दा कतै नगरपालिकाको नेतृत्व बहुमतीय दम्भका कारण निरंकुशता तर्फ ढल्किएको पो हो कि ? नगरपालिकामा हुने विकास निर्माण कार्यको ठेक्का नेकपाको आफ्ना कार्यकर्ताको मात्र हो ? तथ्यपुरक जवाफको लागि हामी अपेक्षा राख्दछौं ।
– जन उत्तरदायित्व र भ्रष्टाचार सम्बन्धमा शून्य सहनशिलता हुनुपर्नेमा हाम्रो जोडदार माग छ साथै नगर र नगरवासीको सम्मुनत विकास र अधिकार संरक्षणका लागि हाम्रो पार्टी सदैव सकारात्मक सहयोगका लागि तयार रहँदै सचेत हुँदै पहरेदारी गरिरहेको अवगत गराउँदछौ ।
श्रीराम थापा २०७७/८/७
तारकेश्वर नगर सभापती
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसको ९ बुँदे ज्ञापनपत्र
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्