ग्लोबल गोरखा समाजद्धारा ११ लाख ७८ हजार रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग
ग्लोबल गोरखा समाजले ११ लाख ७८ हजार रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बुधवार गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमका बिच संस्थाका नेपाल संयोजक बिनोद पोखरेलले उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ मार्फत हस्तान्तरण गरेका हुन् ।
११ वटा स्थानीय तह हरेकलाई १३ हजार थान सर्जिकल मास्क र ३० थान थर्मल गन प्रदान गरिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका लागि प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत सात हजार थान मास्क, १० थान थर्मल गन, जिल्ला समन्वय समितिका लागि दुई हजार थान मास्क र दुई थान थर्मल गन, पत्रकार महासंघ गोरखका लागि दुई हजार थान मास्क र एक थान थर्मल गन सहयोग प्रदान गरिएको छ ।
समन्वय समितिका प्रमुख मार्फत तत्कालै गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई स्वास्थ्य सामग्री जिम्मा लगाइएको थियो ।
कोरोना भाईरसको संक्रमण बढ्दो क्रममा रहेको, संक्रमित थपिँदो भएकाले स्थानीय तहलाई काम गर्न सहज होस भन्ने धेयले स्वास्थ्य सामग्री सहयोग गरिएको उनले बताए ।
‘सुरक्षाकर्मी, जिल्ला प्रशासन र पत्रकारहरु सर्वसाधारण सँग नजिक सम्पर्कमा रहने भएकाले सुरक्षित रहन स्वास्थ्य सामग्री दिएका छौँ’ संयोजक पोखरेलले भने । उपयोगी स्वास्थ्य सामग्री रहेको भन्दै स्थानीय तहका प्रमुख उपप्रमुखले सहयोगको प्रशंसा गरेका छन् ।
ग्लोबल गोरखा समाजको नयाँ कार्यसमितिका सदस्यहरु आफैँले उक्त रकम संकलन गरेर सहयोग जुटाएका हुन् । उक्त संस्थाले यस अघि पनि सामाजिक काममा सहयोग गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ग्लोबल गोरखा समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा







तपाईको कमेन्ट लेख्नुहोस्