ग्लोबल गोरखा समाजद्धारा ११ लाख ७८ हजार रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग

ग्लोबल गोरखा समाजले ११ लाख ७८ हजार रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बुधवार गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमका बिच संस्थाका नेपाल संयोजक बिनोद पोखरेलले उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ मार्फत हस्तान्तरण गरेका हुन् ।
११ वटा स्थानीय तह हरेकलाई १३ हजार थान सर्जिकल मास्क र ३० थान थर्मल गन प्रदान गरिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका लागि प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत सात हजार थान मास्क, १० थान थर्मल गन, जिल्ला समन्वय समितिका लागि दुई हजार थान मास्क र दुई थान थर्मल गन, पत्रकार महासंघ गोरखका लागि दुई हजार थान मास्क र एक थान थर्मल गन सहयोग प्रदान गरिएको छ ।
समन्वय समितिका प्रमुख मार्फत तत्कालै गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई स्वास्थ्य सामग्री जिम्मा लगाइएको थियो ।
कोरोना भाईरसको संक्रमण बढ्दो क्रममा रहेको, संक्रमित थपिँदो भएकाले स्थानीय तहलाई काम गर्न सहज होस भन्ने धेयले स्वास्थ्य सामग्री सहयोग गरिएको उनले बताए ।
‘सुरक्षाकर्मी, जिल्ला प्रशासन र पत्रकारहरु सर्वसाधारण सँग नजिक सम्पर्कमा रहने भएकाले सुरक्षित रहन स्वास्थ्य सामग्री दिएका छौँ’ संयोजक पोखरेलले भने । उपयोगी स्वास्थ्य सामग्री रहेको भन्दै स्थानीय तहका प्रमुख उपप्रमुखले सहयोगको प्रशंसा गरेका छन् ।
ग्लोबल गोरखा समाजको नयाँ कार्यसमितिका सदस्यहरु आफैँले उक्त रकम संकलन गरेर सहयोग जुटाएका हुन् । उक्त संस्थाले यस अघि पनि सामाजिक काममा सहयोग गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ग्लोबल गोरखा समाज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्