ककनी गाउँपालिका स्थित बन्चरेडाँडामा अन्र्तक्रिया कार्यक्रम

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ स्थित बन्चरेडाँडामा आज एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ककनी प्रगतिशिल यूवा क्लव, रोयल युथ क्लव र करुण यूवा क्लवको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु र प्रदेस सांसद् बद्री मैनालीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । ककनी युवा क्लवका अध्यक्ष दिपेस ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथिमा नेकपाका नेता नवराज ढुंगाना ‘विश्वास’, ककनी गाउँपालिकाका उपाध्यक्ष सिता लामा, ककनी गाउँपालिका वडा नं. १ का अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ बलामी, वडा नं. २ का अध्यक्ष केदार पौडेल, वडा नं. ३ का अध्यक्ष घननाथ बजगाई, धुनिवेशी नगरपालिका वडा नं. १ का अध्यक्ष चन्द्रबहादुर तामाङ, त्यस्तै फोहोरमैला व्यवस्थापन समितिका तर्फबाट रामकुमार घिमिरे र राजनीतिक पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बद्री मैनालीले जनताको चाहनाअनुसार काठमाडौंको फोहोर नुवाकोटमा लैजान नहुने बताउनुभयो । बस्तीबाट नजिक रहेको ठाउँमा यसरी काठमाडौंबाट फोहोर पहिला ल्याउन दिनु नै गल्ती भएको बताएका छन् । मैनालीले भने सक्दो पहलकदमी गरेर फोहोर व्यवस्थापन गर्न सम्बन्धित पक्ष काठमाडौं महानगरपालिका र संघिय सरकारलाई दबाब दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै विशिष्ट अतिथि नवराज ढुंगाना विश्वासले फोहोर व्यवस्थापनका लागि स्थानीय क्षेत्रका उपभोक्ताहरुलाई एकीकृत गर्दै जायज माग राखेर आन्दोलन गर्ने बताए । यस क्षेत्रमा फोहोरका कारण मान्छेहरु मरिरहेका छन् । नेपाल सरकारसँग अहिलेसम्म फोहोरमैला हेर्ने कुनै निकाय नभएकाले व्यवस्थापन हुने सम्भावना देखिन्न । फोहोरका ट्यांकर र मन्त्रीका गाडीमा ढुंगाले नफोडेसम्म स्थानीय जनताको माग पुरा नहुने बताएका छन् । अहिले काठमाडौं–धादिङ र नुवाकोटको सिमानामा जथाभावी रुपमा खुलला स्थानमा फोहोर थुपार्दै आएको छ । इआइएको प्रतिवेदनअनुसार अहिले बञ्चरेडाँडामा ६०–७० करोड खर्च गरिरहेपनि जनताको व्यवस्थापन नगरी फोहोरमैला थुपारे जनताले प्रतिरोध गर्ने बताएका छन् । स्थानीय यूवा समुहरुहरु मिलेर अहिले सिसडोलबासीले २४ सै घण्टा प्रदुषण खानुपर्ने, फोहोरको गन्धमा जीवन बिताउनुपर्ने, फोहोरमैला सडेर बगेको रसले नदि बगेको छ ।
ककनी वडा नं. ३ का अध्यक्ष घननाथ बजगाईंकाअनुसार काठमाडौं महानगरपालिकाले जबरजस्ती यस क्षेत्रका वडाहरुसँग सहकार्य नगरी फोहोर फाल्दै आएको छ । यस क्षेत्रमा फोहोर र मान्छे सँगै बस्न नसक्ने भएकाले अब ठूलो क्रान्तिको आवश्यकता छ । सशक्त रूपमा आन्दोलन नगरेसम्म जनताले न्याय नपाउने बताएका छन् । यहाँ प्रहरि दमन गरेर जबरजस्ती फोहोर फाल्ने काम भएको छ । जनतामाथि प्रहरि दमन गरेको अब सहेर नबस्ने वडाअध्यक्षले चेतावनि दिएका छन् । फोहोर र मान्छेसँगै बस्ने हो भने काठमाडौंको फोहोर काठमाडौंमै रहनुपर्छ । बल प्रयोग गरेर फोहोर फाले त्यसबाट उत्पन्न हुने समस्याको चुनौती राज्यले बेहोर्नुपर्छ । सहि ढंगले फोहोर व्यवस्थापन गर्ने हो भने जग्गा अधिग्रहण गरेर चारैतिर पर्खाल लगाएर राख्न सकिन्छ । जनतालाई अन्यत्र सार्न सक्नुपर्छ । फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिका र संघीय सरकारले जनताको मागहरु पुरा नगरेसम्म फोहोर फाल्न नदिने बताएका छन् । आक्रोशित भएका वडाअध्यक्ष बजगाईले जनताको माग पुरा गर्न आफु बलिदान दिन पनि तयार हुने बताएका छन् । नेपाली काँग्रेसले फोहोर फाल्ने काम सुरु गरेको हो ।
त्यस्तै ककनी २ का वडा अध्यक्ष केदार पौडेलका अनुसार सरकारलाई अहिलेसम्म फोहोर मैला कुन मन्त्रालय अन्तगर्त पर्छ भन्ने थाहा नै छैन । त्यसकारण फोहोर व्यवस्थापनका लागि मन्त्रालय नै बनाउन आवश्यक छ । जुन ठाउँमा फोहोर फाल्ने हो त्यस क्षेत्रका जनतासँग दोहोरो सम्झौता हुन आवश्यक छ ।
धुनिवेशी नगरपालिका वडा नं. १ का अध्यक्ष चन्द्रबहादुर तामाङ भन्छन् – यस क्षेत्रका जनताका मागहरु नेताहरुको भाषणमा मात्र सिमित रह्यो । हामीलाई नेताहरुले झुक्काउने काम गरेका छन् । ककनी २ का समाजसेवी राममणि घिमिरेकाअनुसार अब काठमाडौं–भक्तपुर र ललितपुरका १८ नगरपालिका र २ महानगरपालिकाको पछि लागेर हुँदैन । संघीय सरकारका प्रधानमन्त्री तहबाटै स्थानीयसँगको विवादहरुलाई बसेर तत्काल छलफल गर्नुपर्छ ।
काठमाडौं महानगरपालिका र नेपाल सरकारले सिसडोल क्षेत्रका जनतामा गरेका प्रतिवद्धताहरु :
– ८० शैयाको अस्पताल निर्माण गर्ने ।
– स्वास्थ्य बीमा गर्ने ।
– कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने ।
– सडकमा सडक बत्ती राख्ने ।
– वर्षमा १०० मिटर सडक पक्की कालोपत्रे गर्ने ।
– खानेपानी समस्या हल गर्ने ।
तत्कालिन अवस्थामा नुवाकोटको सिसडोलमा २०६२ जेठ २२ गते बढिमा ३ वर्षका लागि भनेर फोहोर राख्ने निर्णय भएको भएतापनि अल्पकालिन रुपमा अहिले १५ वर्ष ५ महिना भइसकेको छ ।
कार्यक्रममा बोल्दै ककनी २ का वडा सदस्य ठाकुर घिमिरेले विगतमा महानगरपालिकानले यस क्षेत्रलाई वैज्ञानिक तरिकाले विकसित गर्छु भनेर ढाट्ँदै आएको बताएका छन् । काठमाडौंमा फोहोर एक दिन नउठ्दा गन्हाउँछ भने हामी १५ वर्षदेखि फोहोर कुहिएको स्थानमा बसिरहेका छौं । त्यस्तै स्थानीय कुशराज घिमिरे भन्छन् – यहाँ फोहोरमैला माथि राजनीति भएको छ । यस ठाउँमा फोहोरमैला फाल्ने काम मात्र भएको छ । फोहोरमैला व्यवस्थित तरिकाले राख्ने हो भने यस क्षेत्रका बासिन्दालाई अन्यत्र लगेर व्यवस्थापन गर्नुपर्छ । पहिला जग्गा अधिग्रहण गर्दा गर्दा जनतासँग के उद्देश्यले गरिएको थियो सम्बन्धित निकायले प्रष्ट पार्न आवश्यक छ । यस क्षेत्रका मानिस दुर्गम अवस्थाको जीवन जिउज परेको १५ वर्षसम्म सडक बनाउन सकिएन । फोहोरमाथि गाडी चिप्लेर वर्षामा गाडी आउन सक्दैन । हिउँदमा धुलाम्मे फोहोर उडेको हुन्छ । बिरामीलाई अस्पताल लैजान नसकेर मृत्युवरण गर्नुपरेको छ । फोहोरका कारण वर्षेनी क्यानसरबाट स्थानीयहरु मर्दै आएका छन् ।
स्थानीय युवा दिनेस कार्कीकाअनुसार – काठमाडौं महानगरपालिका र नेपाल सरकारले यस क्षेत्रका जनतासँग गरेका विगतका मागहरुलाई पुरा नगरेसम्म बन्चरेडाँडामा फोहोर फाल्न नदिने बताएका छन् । बरु आफुहरु जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताएका छन् । फोहोर माथि हामी बस्न सक्दैनौं, मृत्युलाई अगाडी राखेर हामी बस्न सक्दैनौं भन्ने स्थानीय जनताको माग रहेको छ ।
स्थानीय समाजसेवी ज्ञानेन्द्रप्रसाद गजुरेल भन्छन् – सरकारले स्वास्थ्य बीमा गर्ने भनेर अहिलेसम्म कति जनाको बीमा भयो तत्काल जानकारी दिनुपर्छ । काठमाडौंबासी फोहोर ककनीमा फालेर स्वच्छ वातावरणमा बस्नुपर्ने हामी ककनीको ओखरपौवाबासी फोहोर र प्रदुषणमा बसिरहनुपर्ने भनेर आक्रोश व्यक्त गरेका थिए ।
स्थानीय रामभक्त बस्नेतकाअनुसार – यस क्षेत्रमा रोगका कारण मर्नेहरुको गणना भएकै छैन । फोहोरका गाडीले किचेर मात्र १९ जना भन्दा बढिको मृत्यु भइसकेको छ । यस क्षेत्रमा फोहोर फाल्न अब पूर्ण रुपमा निषेध गर्न यूवाहरु लाग्ने बताएका छन् । स्थानीय समाजसेवी तथा राजनितिज्ञ श्रीराम ढुंगानाकाअनुसार – हामीले यस क्षेत्रका समस्याहरुबाट मुक्ति पाउनका लागि माग गर्दै आएका छौं । यो १५ वर्षमा नेपालमा धेरै राजनीतिक पार्टीहरु सरकारमा गए तर कसैले पनि हाम्रा मागहरु पुरागर्न लागेनन् । यस ठाउँमा प्रत्यक्ष प्रभावितमा १३ वटा गाउँहरु परेका छन् । त्यसकारण यस ठाउँमा फोहोर फाल्ने हो भने ३ हजार मिटर जग्गा अधिग्रहण गरेर स्थानीयहरुको बसोबास सारेर मात्र सम्भव रहेको छ । प्रदेस सांसद् बद्री मैनालीले काठमाडौं महानगरपालिकासँग के आधारमा २६ रोपनी जग्गा भए पुग्छ भनेका छन् यसको जवाफ जनतालाई दिनुपर्छ ।
समाजसेवी शम्भुप्रसाद ढुंगानाका अनुसार सरकारले मानवीय आधारभूत कुराहरुलाई समावेश तत्काल गर्नुपर्छ । अहिलेसम्म सिसडोल व्यवस्थित भएन । अझै पनि नहुने हो भने बञ्चरेमा १ गाडी फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बञ्चरेमा फोहोरका लागि व्यवस्थापन छ तर जनताका स्वास्थ्यको व्यवस्थापन खोई ? यस क्षेत्रका जनताको लागि कक्षा १० सम्म निःशुल्क शिक्षा भनिएको थियो । अहिलेसम्म पुरा भएन । अस्पताल बनाउने कुरा कहाँ पुग्यो ?
स्थानीय क्लवले अघि सारेका १८ बुँदे मागहरु निम्न रहेका छन् ।
१. वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने ।
२. मानव स्वास्थ्यको पूर्ण ग्यारेन्टीसहित जीवन बीमा हुनुपर्ने ।
३. विकास निर्माणका कार्यहरु तत्काल जनताले भनेबमोजिम शुरुवात गर्नुपर्ने ।
४. जग्गा अधिग्रहण राजनीतिक दलका सिमित व्यक्तिहरुको आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने ।
५. रोनाष्टको अध्ययन प्रतिवेदनको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने ।
६. विकास निर्माणका नाममा विगत १६ वर्षदेखि विनियोजित रमकको हिसावकिताव सार्वजनिक गरिनुपर्ने ।
७. स्थानीय वासिन्दाहरुले मनन् गर्न योग्यढंगले विकास कार्यहरु सञ्चालन गर्नुपर्ने ।
८. ८० शैयाको हस्पिटल तत्काल निर्माण गर्नुपर्ने ।
९. यातायात, शिक्षा, स्वास्थ्य, जीवन बीमा, पशु बीमा, बाली बीमाको ब्यवस्थाको तत्कालै गर्नुपर्ने ।
१०. बातावरणलाई पहिलेझैं प्राकृतिक ढंगमा कायम गर्नुपर्ने ।
११. फोहोरको प्रभावबाट मानिस, पशुपन्छी, बोटबिरुवाहरु सुरक्षित हुने ग्यारेन्टी गर्नुपर्ने ।
१२. हस्पिटलजन्य फोहोरबाट समाजमा पर्ने प्रभावमा सरकारी लापर्वाही अन्त्य गर्नुपर्ने ।
१३. फोहोरबाट निस्कने लिचड पद्धार्थको व्यवस्थापन बारेजनतालाई असर नहुनेगरी व्यवस्ीथापन गरिनुपर्ने
१४) नगरपालिकाहरुमा फोहोरमैला व्यवस्थापन क्षेत्रका बासिन्दाहरुलाई प्राथमिकताका साथ तत्कालै रोजगारीको व्यवस्था हुनुपर्ने ।
१५. फोहरमैला बोक्ने सवारी साधनबाट हुने मानव दुर्घटनामा पीडितको परिवारसँगको सहमतिमा त्यस परिवारलाई संरक्षित कार्यक्रम गर्नुपर्ने ।
१६. राजनीतिक दलहरुलाई सल्लाहकारको रुपमा लिने र जनताको आवश्यकता अनुसार क्लवको सिफारिसमा विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने ।
१७. मानव बसोबासरहित रहित फोहरमैला व्यवस्थापन गर्नुपर्ने । त्यसैको आधारमा जग्गा अधिग्रहण गर्नुपर्ने ।
१८. फोहोरमैला व्यवस्थापन भएको ठाउँमा विष्फोट नहुने ग्यारेन्टी हुनुपर्ने ।
माथिका मागहरु आउँदो मंसिर १७ गतेसम्म सम्बोधन नभएको खण्डमा फोहोरमैला खसाल्न नदिने तीन युवा क्लवहरुले निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बन्चरेडाँडामा अन्र्तक्रिया
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्