Techie IT
शुक्रबार, फागुन २,२०८१

चीनमा १० लाख मानिसमा कोरोना खोप


एजेन्सी । चीनको राष्ट्रिय फार्मासियुटिकल समूह, सिनोफार्मले बनाएको कोरोना विरूद्धको खोप परीक्षणमा करिब १० लाख मान्छे सहभागी भएका छन् । रोयटर्सका अनुसार देशभर यो खोपको आकस्मिक परीक्षण गरिएको हो ।

चीनले आफ्नो खोपको आकस्मिक परीक्षण गत जुलाइमा सुरू गरेको थियो । यो क्रममा तीन प्रकारका खोप प्रयोग गरिएका थिए । यी खोप कति सुरक्षित र प्रभावकारी छ भन्नेबारे क्लिनिकल रूपमा पुष्टि भने भइसकेको छैन ।

तै पनि यो खोप लगाएकाहरूलाई कुनै पनि किसिमका गम्भीर असर वा साइड इफेक्ट नदेखिएको रोयटर्सले जनाएको छ । जसले यो आकस्मिक खोप लगाएका थिए उनीहरूले पनि कुनै नकारात्मक असर नभएको बताएका सिनोफार्मका अध्यक्ष लियु जिङजेनले एक अन्तर्वार्तामा भन्नु भएको छ ।

परीक्षणमा समावेश गरिएका तीनमध्ये दुई खोप सिनोफार्मकै अनुदानमा चाइना नेसनल बायोटेकले विकास गरेको हो भने अर्को सिनोभाक बायोटेकले विकास गरेको हो । यीमध्ये कुन चाहिँ खोपको नकारात्मक असर नभएको वा कुन खोप सबभन्दा बढी लगाइएको भन्ने बारे लियुले कुनै जानकारी दिनु भएको छैन ।

रोयटर्सका अनुसार सिनोफार्मका खोपले शरीरमा निष्क्रिय भाइरस प्रवेश गराउनेछ जुन मानव कोषमा विकास हुन सक्दैन । तर यसले शरीरको प्रतिरोधात्मक क्षमता सक्रिय बनाउन भूमिका खेल्छ । क्लिनिकल परीक्षणका आधारमा हेर्दा यसको दुई डोज आवश्यक हुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना खोप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545