मन्त्री फुँयालद्वारा २९ करोडको मोटरबाटोको शिलान्यास

दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकामा निर्माण हुने ग्रामीण सडकको एक कार्यक्रमका बीच शिलान्यास सम्पन्न भएको छ । कालिका गाउँपालिकाको सिमाना अम्बावासदेखि पारच्याङसम्म वाग्मती प्रदेश सरकारको सहयोगअन्तर्गत निर्माण हुन लागेको उक्त सडकको बिहीबार भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले शिलान्यास गर्नुभएको हो । रु २९ करोडको लागतमा निर्माण हुने उक्त सडकको लम्बाइ १६ किलोमिटर रहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिनुभयो ।
सो सडकले यार्सा, पारच्याङ, फाम्चेत, सरमथली, पाटीखर्क, ठूलोभोर्लेलगायतका बासिन्दालाई यातायातको पहुँचमा सहजता ल्याउने बताइएको छ । यसैगरी पौराणिक, धार्मिक एवं पर्यटकीयस्थल गोसाइँकुण्डको पूर्वाधार विकासका लागि तयार गरिएको (डिपिआर) विस्तृत योजना प्रतिवेदनमाथि छलफल एवं सुझाव सङ्कलन गर्ने कामसमेत मन्त्री फँुयालको प्रमुख आतिथ्यमा सम्पन्न भएको जिल्ला समन्वय प्रमुख भट्टले जानकारी दिनुभयो ।
स्थानीय तहबाट भएका विकास निर्माणका बारेमा जानकारी लिनुका साथै मन्त्री फँुयालले समुन्नत रसुवा निर्माणका लागि जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाका बारेमा मार्गनिर्देश गर्नुभएको थियो ।
सुझाव सङ्कलन कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य प्रभात लामा, संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङ, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, स्थानीय तहका पदाधिकारी, विकाससँग सम्बन्धित रसुवा तथा नुवाकोट जिल्लाका सरकारी अधिकारीसमेतको सहभागिता रहेको जिल्ला समन्वय अधिकारी मीना अर्यालयले बताउनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालय र जिल्ला समन्वय समिति रसुवाले प्रस्तुत गरेको प्रतिवेदनमा खानेपानी तथा सरसफाइ, विश्रामस्थल, धार्मिकमार्ग निर्माणलगायत जैविक विविधता संरक्षणजस्ता विविध विषय समेटिएको कार्यक्रममाथि छलफल भएको सहभागीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रसुवाको नौकुण्ड गाउँपालिकामा, #रामेश्वर पुयाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्