Techie IT
सोमबार, वैशाख ३,२०८१

चितवनमा प्रहरीकै सेटिङमा जुवा, सेटिङ मिलाउन बिचौलीयाको प्रयोग


चितवन । चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङ केही विवादास्पद प्रहरीकै कारण बिवादतमा तानिदै आएका छन् । कहिले आफ्नै सहकर्मीले एक होटलका युवतीसँग अनैतिक सम्बन्ध राखेको त कहिले सुचना संकलन शाखामा टिकटक भिडियो बनाएको त कहिले आफ्नै श्रीमतीले सिफारिस गरेका प्रहरीलाई घुमुवामा खटाएर त कहिले प्रहरी कर्मचारीले मापसे गरेर गाईंजात्रा नैै देेेखाएर । यी र यस्तै कारणले पनि उनी बिवादतमा तानिदै आएका छन् । उनको कमजोर कमान्डले चितवन प्रहरीभित्र बेथितीले पछिल्लो समय सिमा नाघेको प्रहरी स्रोत बताउँछ ।

जुवामा प्रहरीकै सेटिङ
चितवन प्रहरीले परिचालन गरेका घुमुवा प्रहरीले जुवाखालमा आर्थिक चलखेल गर्ने गरेको तथ्य पुन: एकपटक सार्वजनिक भएको छ । यो सँगै चितवन प्रहरी फेरी बिवादतमा तानिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा कायारर्त असई सुरज रिमालको कमान्डमा खटिएको घुमुवाको टोलीले जुवाजन्य गतिविधीमा जुवाडेहरुलाई साथ दिने गरेको पाइएको हो ।

गत, कार्तिक २५ गते मंगलबार दिउँसो दुई बजे नेपाली कांग्रेसको ईच्छाकामना गाउँपालिकाका सचिव समेत रहेका पेशेवर जुवाडे तुलबहादुर गुरुङले प्रहरीका तर्फबाट भोजाडका जुवाडे बिमल रिमालसँग जुवाको सेटिङ गरेको अडियो हामीले प्राप्त गरेसँगै चितवन प्रहरीले जुवाडेहरुलाई संरक्षण गर्ने गरेको पाइएको छ ।

हामीलाई प्राप्त उक्त अडियोमा गुरुङले आफ्नु जेठान जिल्ला कारागार भरतपुरका सवारी चालक शिव बहादुर गुरुङ्ग मार्फत असई सुरज रिमाललाई चिनाइदिएको बताएका छन् । गुरुङले बिमलसँग गरिएको टेलिफोन कुराकानीमा जिल्लाका घुमुवा असई रिमाललाई मात्रै नभई जुगेडी चौकीका इन्चार्ज र केही सिपाहीहरुलाइ समेत सेटिङ्ग मिलाउनुपर्छ भनेको अडियोमा स्पष्ट सुन्न सकिन्छ ।

असई रिमाललाई राम्रोसँग चिन्छु – गुरुङ्ग
जुवाको सेटिङ गरेको अडियो प्राप्त गरेसँगै काँग्रेसका इच्छाकामना गाउँपालिकाका सचिव समेत रहेका पेशेवर तुलबहादुर गुरुङलाई हामीलेे सम्पर्क गरेका थियौं । हामीसँग गरिएको कुराकानीकै क्रम्मा उनले आफ्नु घुमुवा असइ रिमालसंंग गत, कार्तिक १५ गतेदेखी राम्रो चिनजान रहेको र जुवामा आफूलाई उनले समेत राम्रो साथ दिने गरेको बताए ।

उनले भनेका छन् :- मैले असई रिमाललाई बेला बेलामा खर्च पनि दिने गरेको छु, जुवामा छापा हान्न आउने बेला हामीलाई उहाँहरुले नै सुचना दिनुहुन्छ । उनले यसो भनिरहदा असई रिमालले भने आफुले कसैलाइ नचिन्ने बताए । उनले लगाएको आरोपको खण्डन समेत गरें । हाम्रो सम्पर्कमा आएका उनले भने, मैले तुलबहादुरलाई चिन्दिनँ, समाचारमा नाम आइरहेको छ त्यसैले भन्यो होला नि ? तपाईं चाहिँ को हो ? भन्दै प्रश्न गरें ।

यो त एक प्रतिनिधि उदाहरण मात्रै हो । चितवन जुवाको अखडाका रुपमा चिनिन्छ । यहाँको मंगलपुर, शिवनगर, इच्छाकामना लगायत क्षेत्रहरुमा दिनहुँजसो जुवाजन्य गतिबिधी हुँदै आएपनि चितवन प्रहरीले भने एक बर्ष देखी कुनै सफलता हात पार्न सकिरहेको छैनन् ।

बिगतका समयहरुमा यहिं चाडपर्वमा ठूलो मात्रामा जुवा सहित मानिसहरुलाई प्रहरीले पक्राउ गर्ने गर्थ्यो । तर, एसपी गुरुङ आएपछि उनले परिचालन गरेका केही बिवादास्पद प्रहरी कर्मचारीकै कारण उनले सफलता हात पार्न सकिरहेका छैनन् । सेटिङ नमिलेका र लाइन मिलाउन नसक्ने एकाध मान्छेलाई मात्रै पक्राउ गरी मुद्दा चलाउने गर्दै आइरहेको यसबाटै छर्लङ्ग हुन्छ ।

दशैंको अवधीमा मात्रै प्रहरीले खैरहनी, टाँडी, माडी र भरतपुर लगायत क्षेत्रबाट दुई लाख ४६ हजार ७ सय ६५ सहित २० जना जुवाडेहरु मात्रै पक्राउ गर्नुले पनि जुवाको सेटिङ रहेको आफैंमा प्रष्ट छ । यी मध्य ४ जनालाइ मात्रै मुद्दा चलाइएको थियो । जस्मा टाँडीले दुई, भरतपुर र खैरहनीले १/१ जनालाई मुद्दा चलाइएको हो । यो बर्षको दशैंका अवधीमा पक्राउ परेका जुवाडेहरु अहिले सम्मकै थोरै रहेको चितवन प्रहरीका मुद्दा शाखामा कायारर्त एक प्रहरीले बताए ।

को हुन असई रिमाल ?
असई सुरज रिमाल बिवादास्पद घुमुवा प्रहरी हुन् । जुनियर प्रहरी शिक्षालय तालिम केन्द्रबाट भर्खरै पास आउट भएर उनी चितवन प्रहरीमा प्रवेश गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्व सम्हाले लगत्तै उनी घुमुवाको इन्चार्ज बन्न सफल भएको स्रोत बताउँछ ।

स्रोतका अनुसार उनको दरबन्दी गण हो । तर, काजमा चितवन आएका उनले जुवाडेसँग हिमचिम बढाउने गरेका छन् । उनको कमान्डमा अहिले चितवन प्रहरीले झन्डै १४ जना घुमुवा प्रहरीलाई खटाएका छन् । जस्मा दुई जना असई र दुई जना हवल्दार सहित बाँकी अन्य प्रहरी जवान रहेका छन् ।

छानबिन गर्छु – प्रहरी प्रवक्ता ।
यता, चितवन प्रहरीका प्रवक्ता (डिएसपी) सुर्यबहादुर थापा सँग अडियो प्रकरणको सम्बन्धमा कुराकानी गर्दा उनले प्रहरीको कहिं कतै कमजोरी देखिए नछाड्ने बताए । केही प्रहरीकै कारण संगठन बदनाम भएको भन्दै यसबारे थप बुझ्ने कुरा भइरहेको बताए । उनले भने, सुचना दिनुभयो, धन्यवाद ! अडियो सार्वजनिक भएको छ, सम्बन्धित ब्यक्तिलाइ कार्यालयमा बोलाएको छु, दोषी देखिए कार्वाही गर्छु ।

श्रीमतीको सिफारिसमा घुमुवा !
चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङको बिश्वासपात्र घुमुवामा अहिले महिला प्रहरी जवान कल्पना घिमिरे खटिएकी छिन् । जिल्ला अदालत भरतपुरमा गेट ड्युटी गर्दै आएकी घिमिरे लाई एसपीका श्रीमती सुमित्रा श्रेष्ठ गुरुङको सिफारिसमा जिल्ला तानेर घुमुवामा राखिएको छ ।

प्रहरी स्रोतका अनुसार : अहिले घुमुवामा खटिएकी महिला प्रहरी जवान घिमिरेलाई एसपी साबले आफ्नु श्रीमतीको सिफारिसमा घुमुवाको जिम्मेवारी दिनुभएको हो । उनलाइ होटलहरुमा हुने गरेको यौन धन्दाको बिषयमा बुझ्ने जिम्मेवारी दिइएको छ । उनी प्रश्न गर्छन् : बिभागको जिम्मेवार अधिकारी त्यसमाथि पनि चितवनको प्रहरी प्रमुख जस्तो ब्यक्तिले श्रीमतीको भनसुन र सिफारिसको आधारमा घुमुवा प्रहरीलाई परिचालन गर्नु हुन्छ कि हुँदैन ?

महिला प्रहरी जवान घिमिरेलाई घुमुवामा राख्नुको प्रमुख उद्देश्य नै आर्थिक चलखेल रहेको उनी ठोकुवा गर्छन् । उनले बिभागले अह्राएको खटाएको भन्दा पनि एसपी गुरुङको श्रीमतीकै सिफारिसका आधारमा मात्रै कामहरु गर्दै आएकी छिन् । एसपी गुरुङको श्रीमती संग महिला प्रहरी जवान घिमिरेको सम्बन्ध कस्तो छ भन्ने उनको फेसबुकमा अपलोड गरिएको फोटोले समेत पुष्टि गर्छ । (घिमिरेले फेसबुकमा अपलोड गरेको उक्त फोटो हामीसंग सुरक्षित छ)

त्यस्तै, अर्का बदनाम हवल्दारद्वयमा दिपक रावत र संजय कुमार यादव समेत घुमुवा प्रहरीमा परिचालित छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रशासन शाखामा कायारर्त एक प्रहरी स्रोतका अनुसार घुमुवामा खटिएको भनिएको प्रहरी हवल्दारमा दिपक रावत बदनाम हुन् । प्रहरी जवानदेखी नै चितवन प्रहरीमा कायारर्त उनी यहिं बढुवा भइ थमौती हुन सफल समेत भएका एक भाग्यमानी प्रहरीका रुपमा चिनिन्छन् । प्रहरी जवानबाट प्रहरी हवल्दार बढुवा भइसकेपछि पनि उनको सरुवा र बढुवा यहिंं नै हुन गयो ।

स्रोतका अनुसार तत्कालीन एसपी दिपक थापाले उजुरी छानबिन शाखामा हुँदा आर्थिक चलखेल गरेको गुनासोका आधारमा उनलाई दरबन्दी भएकै स्थान अर्थात वर्डा प्रहरी कार्यालय नारायणगढ पठाएको थियो । पछि एसपी दिपक थापाको सरुवा भएलगत्तै उनी जिल्ला प्रहरी कार्यालय चितवनमा आइ कन्ट्रोल ड्युटी गर्दै आएका थिए ।

पछि उनले क्यान्टिङ समेत चलाए । डेढ बर्ष सम्म क्यान्टिन चलाएका उनलाई उनका बिगतका कर्तुत समेत नहेरी चितवन प्रहरीले घुमुवामा परिचालन गरेका छन् । स्रोत भन्छ : अहिले परिचालित हवल्दार रावत कस्तो मान्छे हो, उनका कर्तुत के कस्तो छ त्यस्को समेत सामान्य लेखाजोखा नगरी घुमुवामा राख्न सक्नेले एकपटक प्रशासन फाँटमा अथवा पुराना प्रहरी कर्मचारी सँग बुझे पनि हुन्छ ।

 

त्यस्तै, अर्का प्रहरी हवल्दार सञ्जय यादव पनि बदनाम प्रहरी हुन् । चितवन प्रहरीको सञ्चार शाखामा कायारर्त एक प्रहरीका अनुसार जवान हुँदा यादव चितवनको बछौली चौकीमा कायारर्त थिए । अहिले उनको दरबन्दी नेपाल प्रहरी स्कुल शिवनगर रहेको बताईएको छ । तर, चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले यस्ता प्रहरी कर्मचारीलाई घुमुवाको जिम्मेवारीबाट हटाइ छानबिन गर्नु त परको कुरा दरबन्दीमा समेत पठाउने आँट देखाएका छैनन् ।

नोट : (असई रिमालको बिचौलीया गुरुङले जुवाडेसँग गरिएको अडियो संवाद “साझापाना अनलाईन” संग सुरक्षित रहेको छ)


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : #चितवन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Haze
5:38 am6:28 pm +0545