कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु
काठमाडौं, २७ कात्तिक । काठमाडाैंकाे कलंकीमा बिहीबार बिहान ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।
मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकलेठक्कर दिँदा ३ जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले जानकारी दिए । दुर्घटनामा १ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम खुलिसकेको छैन ।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका चारै जनालाई कलंकीस्थित शहीद मेमोरियल अस्पताल लगिएकाे थियाे । तीन जनालाई चिकित्सकले मृत्त घोषणा गरेको बोहराले बताए ।
दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको डीएसपी बोहोराले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #ट्रकले मिनीट्रकलाई ठक्कर






तपाईको कमेन्ट लेख्नुहोस्