टोखा तारकेश्वरमा अबैध बालुवा उत्खनन र जग्गा प्लटीङ्ग बन्द गराउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ ।
नदीजन्य पदार्थको उत्खनन्, संकलन, उपयोग, बिक्रीवितरण तथा व्यवस्थापन सम्बन्धमा मंगलवार गृह मन्त्रालयमा बसेको बैठकले क्रसर उद्योगको अनुगमन प्रभावकारी बनाउने क्रममा शिवपुरनागार्जुन मध्यवर्ती क्षेत्रमा अबैध उत्खननमा रोक लगाइएको छ । खानी तथा भूगर्भ विभागले शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा जग्गा सम्माउने नाममा अनाधिकृत र अबैध कार्यहरु भैरहेको सुचना प्राप्त भएको उजुरी प्राप्त भएको भन्दै तारकेश्वर र टोखा नगरपालिकालाई पत्र लेखेर सो कार्य तुरुन्त बन्द गर्नका लागि निर्देशन दिएको छ।
ति दुई नगरपालिकाका विभिन्न स्थानमा भू–माफियाहरुले जग्गा सम्माउने भन्दै सिफारिस बनाएर सो भन्दा फरक काम गर्दा त्यस कार्यले मानवीय जीवन र वातावरणमा असर परेको भन्दै आक्रोसित बनेका स्थानीयहरुले उजुरी दिए पछी नगरपालिकाहरुले पनि सबै वडालाई पत्र लेखेर सो कार्य तत्काल बन्द गराउन निर्देशन दिएका छन।
खानी तथा भूगर्भ विभागको निर्देशन :
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरमा अबैध बालुवा उत्खनन र जग्गा प्लटीङ्ग, #बालुवा उत्खनन र जग्गा प्लटीङ्ग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्