Techie IT
आईतबार, माघ ६,२०८१

तारकेश्वरको कृषि शाखाले अनुदानमा गहुँको बिउँ वितरण गर्ने


तारकेश्वर नगरपालिकाको कृषि शाखाले किसानहरुलाई गहुँको विउँ वितरण गर्ने भएको छ । शाखाले २०७७ ७८ को विनियोजीत वजेटको ५० प्रतिशत अनुदानमा गहुँको बिउँ वितरण गर्ने लागेको नगर कृषि शाखा प्रमुख मिना कुमारी थापाले साझापानालाई बताइन ।

थापाका अनुसार करिव ७५ जना किसानहरुलाई १००० केजी गहुँको बिउँ बितरण हुन लागेको हो ।

नगरपालिकाको ५० प्रतिशत अनुदानमा ८०,००० रुपैया बराबरको बितरण शुक्रबार हुने छ । बिउँ लिनको लागी लालपुर्जाको फोटोकपी , नागरीकताको फोटोकपी सहित प्रतिकिलो ४० रुपैया किसानले तिर्नेपर्ने छ ।

उन्नत जात भनिएको गहुँको बिउँको बजार मूल्य प्रतिकेजी ८० रुपैया बजार मूल्य रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अनुदानमा गहुँको बिउँ वितरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mist
6:53 am5:35 pm +0545