अब पीसीआर परीक्षण र कोरोना संक्रमितको उपचार निशुल्क
सर्वोच्च अदालत कोरोना पीसीआर परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न दिएको निवेदन खारेज गरेको छ ।
पीसीआर परीक्षण र कोरोना संक्रमितको उपचार निःशुल्क गर्न सर्वोच्चले असोज १५ गते सरकारको नाममा परमादेश दिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः कोरोना परीक्षण निशुल्क गर्नुपर्ने सर्वोच्वको आदेश पुनरावलोकनको निवेदन दिएको थियो ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पुनरावलोकन निवेदन खारेज गरेको हो ।
अब सरकारले पीसीआर परीक्षण कोरोना संक्रमितको उपचारमा शुल्क लिन पाउने छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमितको उपचार निशुल्क
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्