महासंघले तिहारअघि नै सशक्त आन्दोलन थाल्ने

नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवर्द्धन समितिले कोरोना महामारी पछि उत्पन्न श्रमजीवि पत्रकारहरुले भोगिरहेको श्रम समस्या सम्बोधनका लागि भएका आन्दोलनहरुको समीक्षा गरेको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा समितिको आज बसेको बैठकले हालसम्मका आन्दोलन उपलब्धीमूलक देखिएकाले बाँकी समस्या सम्बोधनका लागि थप दवावमूलक आन्दोलन गर्ने निर्णय गरेको छ ।
तिहारअघि नै सञ्चारगृह केन्द्रीत आन्दोलनको मिति र स्वरुप तय गर्न समितिले समस्याग्रस्त सञ्चागृहमा रहेका महासंघका शाखा तथा पीडीत पत्रकारहरुसँग तत्कालै छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष आचार्यले कोभिड–१९ पछि ३३० जना श्रमजीवी पत्रकारको रोजगारी खोसिएको, फोर्सड् लीभमा राखिएको, तलब कटौती गरिएको लगायतका उजुरी दिएकामा हालसम्म २९० जनाको समस्या सम्बोधन गरिएको जानकारी दिए । बाँकी १५ जनाको पनि कानूनी लडाई जारी रहेको बताए ।
महासंघ सचिव तथा समिति संयोजक रामप्रसाद दाहालले अब महासंघको आग्रह अटेर गरी श्रमजीवि पत्रकारको जायज माग सम्बोधन नगर्ने सञ्चारगृहहरुमा तिहारअघि नै महासंघले सशक्त आन्दोलन थाल्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #महासंघले तिहारअघि नै सशक्त आन्दोलन थाल्ने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्