परशुराम युवा संगठनद्धारा जोबुडा अस्पतालको अनुगमन , गैरजिम्मेवार देखेर दुखित

शोभा तामाङ्ग
अनुगमनमा युवाहरु 40000 जनसंख्या भएको डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाको आज जोबुडा अस्पतालको अनुगमन गर्दा त्यहाँ भएका कमिकमजोरीहरु जस्तै भिडियो एक्सरे गर्न लाई डाक्टर छैन एउटा पिसिआरको लागि स्वाव संकलन गर्न सामग्री छैन, डिलिभरी गराउने हलमा लाईन छैन ,पिसाब चेक गरेको 100 रुपैया एक्सरे गरेको 300 रुपैया लाग्ने गरेको अस्पताल अनुसन्धानमा गएका परशुराम युवा संगठनको संयोजक रोहन ऎरले बताउनु भयो ।
उनले आफू यस अस्पतालको गैरजिम्मेवार पुर्ण हर्कत देखेर दुखित भएको पनि जान्कारी दिए । सामान्य सरसफाई समेत नभएको जोबुडा अस्पतालले गुणस्तरिय सेवा दिन सक्नेमा आफुहरु बिश्वस्त नभएको र तत्काल अस्पतालको स्तरिय र उपयुक्त सुधार गरि जनतामा गुणस्तरीय सेवा उपलब्ध गराउनु यतिबेला अत्यावश्यक भईसकेको छ ।
अस्पताल अनुसन्धानमा गएका नागरिक शुसासन समाज का सामाजिक अभियन्ता डम्बर राज भट्ट र अनुसन्धानको लागि विशेष पहल सहयोग गर्ने किसन बोहरालाई धन्यवाद दिदै अनुसन्धानमा संलग्न हुने परशुराम युवा सङठनका पदाधिकारिहरु लगायत परशुराम युवा सङठनका संयोजक रोहन ऎरले अस्पताल व्यवस्थापन समितिको गैरजिम्मेवार वा कमजोरीको ध्यानाकर्षण गराउदै आउदो दिन मा जोबुडा अस्पतालको अवस्था र गुणस्तरमा सुधार गर्न सुझाव दिएका छ्न ।
आगामी दिनमा जनताले समस्या ब्यहोर्नु नपरोस र गुणस्तरिय साथै सस्तो र सुलभ उपचार उपचार पाउनु जनताको अधिकार भएकोले अबका दिनहरुमा यस्ता गलतीहरु नदोहोर्याउन सम्वन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #परशुराम नगरपालिका\
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्