Techie IT
शनिबार, असार २१,२०८२

टोखामा थप १६३ जनामा कोरोना संक्रमण


टोखा नगरपालिकामा बुधबार थप १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिहुनेमा १०० जना पुरूष र ६३ जना महिला रहेका छन् ।

थप १६३ जना नयाँ संक्रमित थपिएसंगै टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या २३३४ जना पुगेको छ । सक्रमित मध्ये ५६० जना सकृय संक्रमित रहेका छन् । त्यस्तै १७६६ जना निकोभैसकेका छन् ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार बुधबार संक्रमण पुष्टिभएका संक्रमितमध्ये वडा नं २ मा ५ जना, ३ मा ३१ , ४ मा १३, ५ मा १०, ६ मा १२, ७ मा २७, ८ मा १९, ९ मा १०, १० मा १५, ११ मा १५, अन्य ८ जना रहेका छन् ।

त्यस्तै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनबाट २ जना डिस्चार्ज भएका छन् । हाल १२ जना संक्रमितहरू भर्ना भएका छन् । हालसम्म उक्त आइसोलेसन केन्द्रमा १२० जना संक्रमितहरूले सेवा लिइसकेको उप प्रमुख ज्ञानमाया डंगोलले बताएकी छन् ।

नगरपालिकाको संक्रमित खोजपड्ताल तथा सम्पर्क पहिचान (CICT TEAM) टिमले १६३ जना संक्रमितहरूको सम्पर्क पहिचान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

 



क्याटेगोरी : समाचार
ट्याग : #टोखामा थप १६३ जनामा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545