टोखामा थप १६३ जनामा कोरोना संक्रमण
टोखा नगरपालिकामा बुधबार थप १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिहुनेमा १०० जना पुरूष र ६३ जना महिला रहेका छन् ।
थप १६३ जना नयाँ संक्रमित थपिएसंगै टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या २३३४ जना पुगेको छ । सक्रमित मध्ये ५६० जना सकृय संक्रमित रहेका छन् । त्यस्तै १७६६ जना निकोभैसकेका छन् ।
टोखा नगर स्वास्थ्य शाखाका अनुसार बुधबार संक्रमण पुष्टिभएका संक्रमितमध्ये वडा नं २ मा ५ जना, ३ मा ३१ , ४ मा १३, ५ मा १०, ६ मा १२, ७ मा २७, ८ मा १९, ९ मा १०, १० मा १५, ११ मा १५, अन्य ८ जना रहेका छन् ।
त्यस्तै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनबाट २ जना डिस्चार्ज भएका छन् । हाल १२ जना संक्रमितहरू भर्ना भएका छन् । हालसम्म उक्त आइसोलेसन केन्द्रमा १२० जना संक्रमितहरूले सेवा लिइसकेको उप प्रमुख ज्ञानमाया डंगोलले बताएकी छन् ।
नगरपालिकाको संक्रमित खोजपड्ताल तथा सम्पर्क पहिचान (CICT TEAM) टिमले १६३ जना संक्रमितहरूको सम्पर्क पहिचान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #टोखामा थप १६३ जनामा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्