गैर आवासिय नेपाली संघद्धारा अर्घाखॉंचीमा स्वास्थ्य सामाग्री वितरण
मुकुन्द भुषाल, अर्घाखॉंची ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीअरब को परोपकारी परियोजना अन्तर्गत सातै प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम अनुसार प्रदेश ५ को लागि अर्घाखॉंची जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
राष्ट्रिय समन्वय परिषद साउदीका कार्यसमिति सदस्य राम बहादुर क्षेत्रीको समन्वयमा सन्धिखर्कका स्थानिय स्वयंसेबी युबा हरी पान्डे र मदन कुमार क्षेत्रीले एक संक्षिंप्त कार्यक्रमका बिच उक्त्त स्वास्थय सामाग्रीहरू अर्घाखॉंची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम लाई हस्तान्तरण गरिएको हो । उक्त्त अबसरमा अस्पतालका अन्य कर्मचारी र स्थानियबासी हरूको पनि उपस्थिति थियो ।
कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै जिल्ला अस्पतालका प्रमुख डा ,गौतमले गैर आवासिय नेपाली संघ साउदीको कार्यको प्रशंसा गर्दै धन्यबाद ब्यक्त गर्नुका साथै यस्ता कार्यले महामारी संग लड्न फ्रन्ट लाईनमा खटीने स्वास्थ्यकर्मी लाई थप हौसला र सहयोग हुने बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #गैर आवासिय नेपाली संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्