Techie IT
आईतबार, असार १,२०८२

एतिहाँसीक साङ्गला पोखरीको मेयरले गरे उद्घाटन


साङ्गला काठमाडौ । तारकेश्वर नगरपालीका वडा नं १ साङ्गला पोखरीको उद्घाटन भएको छ । नगरपालिकाको ४२ लाख बजेटमा निमार्ण भएको सो पोखरीको रिवन काटेर उद्घाटन मेयर रामेश्वर बोहोराले गरेका हुन ।

कार्यक्रमममा नगरपालिकाकी उपर मेयर भवानी डोटेल , प्रमुख कार्यकारी अधिकृत शिव लम्साल , वडा अध्यक्ष बिदुर सापकोटा , नेकपा वडा नं १ का अध्यक्ष गोपाल सापकोटा , सचिव राजन बिडारी , नेपाली काग्रेसका सभापति अमर तामाङ्ग , नेता रमेशमान सिंह कुवँर , राप्रपाका तर्फबाट श्याम देवकोटा लगायत शिक्षकहरुको उपस्थीत रहेको थियो ।

बढ्दो कोरोना महामारीबाट सजक हुँदै अयोजना गरीएको यो कार्यक्रमका प्रमुख अतिथि रामेश्वर बोहोराले दिगो बिकाशका लक्ष्य अनुरुप नगरपालिकाको समग्र बिकाश तिब्र गतिमा भैरहेको बताए । अहिले बिभिन्न स्थानमा कालोपत्रे , ढलान , चौडाई हुनुका साथै बिधालय निमार्ण , पोखरी निमार्णका कार्यहरु भैराखेको मेयर बोहोराले बताए ।

संस्कृति संरक्षणलाई नगरपालिकाले बिषेश प्राथमिकतालाई राखी साङ्गला पोखरीनिमार्ण गरिएको उनको भनाई थियो ।

बिहानीचोक मालुङ्ग सडकलाई ५० लाख , फुटुङ्ग सडमा ६ करोड , छाप सडकलाई १ करोड

सोही अवसरमा मेयर बोहोराले सबैभन्दा ठुलो भूगोल रहेको साङ्गलालाई  प्राथमिकता राखेको बताए । जसअनुरुप मालुङ्ग सडकलाई ५० लाख , फुटुङ्ग सडमा ६ करोड , छाप सडकलाई १ करोड रुपैया बजेट बिनियोजन भएको बताए ।
बाँकी रहेको सडक निमार्ण कार्यलाई १ बर्षभित्र सम्पन्न गर्ने उनको भनाई छ ।

साङ्गला पोखरीको डिजाइन स्थानिय युवा ईन्जीनियर बिक्रम श्रेष्ठले गरेका हुन ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #साङ्गलापोखरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:06 am7:02 pm +0545