Techie IT
बिहीबार, जेठ २,२०८२

अनाथ अपाङ्ग आश्रय नेपाललाई रोटरीको सहयोग


काठमाडौं । रोटरी क्लब अफ काठमाडौं नर्थले कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ५ थलीमा अवस्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई नगद रु ३० हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

शनिबार घटस्थापनाका दिन आश्रयकै प्राङ्गणमा एक छोटो कार्यक्रमकोे आयोजना गरि रोटरी क्लब अफ काठमाडौं नर्थका अध्यक्ष गौतम प्रसद खनाल र उक्त नपाका प्रवक्ता तथा वडा नम्वर ५ का वडा अध्यक्ष राजाराम पुडासैनीले त्यहाँका दुई स्थानिय संस्था त्रिवेणी युथ क्लब र त्रियोकाब बचत तथा ऋण सहकारी संस्था लि.सँगको सहकार्यमा उक्त रकम र खाद्यान्न सामाग्री आश्रयका सञ्चालक गोपाल बहादुर कार्कीलाई संयुक्त रुपमा  वितरण गर्नु भएको थियो ।

नगरपालिका प्रवक्ता  तथा वडा अध्यक्ष राजाराम पुडासैनी प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममामा रोटरी क्लब अफ काठमाडौ नर्थका अध्यक्ष गौतम प्रसाद खनालले निजि स्वार्थ भन्दा माथि उठेर मानवीय तथा सामाजिक सेवा गर्नु रोटरीको प्रमुख उद्देश्य रहेको र मानवीय सेवालाई रोटरीले आफ्नो सेवाको फोकस एरिया बनाएकोले यस्तो पुण्य कर्म गदै आएका अनाथ अपांग आश्रय नेपालका सञ्चालक गोपाल बा.कार्कीको खुलेर प्रसंसा गर्नुभयो । उहाँले यस्ता पुण्य कार्यमा रोटरीले सदैब सहयोग गर्ने प्रतिबद्धता समेत जाहेरी गर्नु भयो ।

अहिले कोरोना भाइरस र यसको संक्रमण पश्चात हुने कोभिड १९को महामारीका कारण विश्वलगायत नेपाल पनि यसको चपेटामा परेकाले कलिला बालबालिाकाहरुमा पोषणको अभाव नहोस भनेर केही हदसम्म भएपनि आहातमा राहात जुटाउने काममा आफ्नो क्लब लागेको अध्यक्ष खनालको भनाई रहेको छ । उहाँले भन्नु भयो , “मानव सेवा जस्तो ठूलो धर्म अरु के नै हुन सक्छ र । यस्ता कार्यमा हातमा हात तथा काँधमा काँध मिलाउन रोटरी सधैं तयार छ ।”

कार्यक्रममा नगरपालिका प्रवक्ता तथा वडा नम्वर ५ का वडा अध्यक्ष राजाराम पुडासैनीले नगरभित्रका यस्ता संस्थाहरुको पहिचान र अनुगमन गरि सक्दो सहयोग गर्ने बताउनु भयो । उहँले भन्नु भयो , “नगरपालिकाले एउटा संयन्त्र बनाएर अनुगमन शुरु गरेको छ र यो संस्था आफैैले पनि उक्त संयन्त्रसँग समन्वय गरोस् र आवश्यक्ता पहिचान गरि नगरपालिकाले सक्दो सहयोग गर्ने छ । गरिबी र अप्ठयारोमा परेका बालबालिकाको उज्जवल भविश्यका लागि सुनौलो अवसर सृजना गरेकोमा आश्रयप्रति आभार प्रकट गदै उहाँले आर्थिक अवस्था कमजोर हुनेले पनि महङ्गो स्कुलमा भर्ना गर्न छात्रबृतिको सिफारिस माग्नु भन्दा राम्रो पुर्वाधार र पढाई भएको सरकारी स्कुलमा पढाउन र बरु यस्तै निरिह तथा वेसाहारा बालबालिकाको भविश्य उज्जवल बनाउन सबैले पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

स्थापना भएको २ वर्षमा आश्रयमा ४ वर्षदेखी १४ वर्ष उमेर समुहका २५जना बालक र २१ जना बालिका गरि जम्मा ४६ जना बालबालिकाहरुको शिक्षा दिक्षा,रेखदेख र लालन पालन गदै आएको संस्थाका अध्यक्ष गोपाल बा.कार्कीले जानकारी दिनु भयो ।’थलीको साढे दुई तले घर भाडामा लिई महिनाको २७ हजार घर भाडा तिछौं र बालबालिकाहरुलाई नजिकैको बोडिङ स्कुलमा पढाउँदै आएका छौं ।यसका लागि तपाँईहरु जस्तै सहयोगी हातहरुको साथ पाएका छौं ,आगामी दिनमा पनि यस्तै सहयोगको आशा राख्दछौ ।’ उहाँले भन्नु भयो ।

कार्यक्रममा १० बोरा चामल , १ बोरा चिनी , आलु ,सोयाविन ,दाल , नुन, तेल लगायतका अति आवश्यक खाद्यन्न सामाग्रीहरु सहयोग गरेको स्थानिय संस्था त्रिवेणी युथ क्लब  र त्रियोकाब बचत तथा ऋण सहकारी संस्था लि.ले रोटरी क्लब अफ काठमाडौं नर्थ संग सहकार्य गरी ५० हजार बराबरको सहयोग गरेको हो ।

कोरेना भाइसरको संक्रमणलाई मध्येनजर गदै स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरि आयोजक र सहआयोजक र सोही वडाका सिमित प्रतिनिधिहरुको थप उपस्थितिमा छोटो र छरितो रुपमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #खाद्यान्न सामाग्री सहयोग, #रोटरी क्लब अफ काठमाडौं नर्थ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:47 pm +0545