व्यावसायिकता प्रहरीको पहिचान हो : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यावसायिकता, अनुशासन, इमान्दारिता तथा कर्तव्यपरायणता नै नेपाल प्रहरीको पहिचान भएको बताउनुभएको छ । ६५ औं प्रहरी दिवसका अवसरमा आज वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा उहाँले देशमा अस्थिरता निम्त्याउने तथा सामाजिक अमनचयनलाई खल्बल्याउन चाहने तत्वहरुको पहिचान गरी त्यसलाई निरुत्साहित गर्न सक्दा नागरिकमा विश्वासको वातावरण सिर्जना हुने बताउनुभयो ।
“लामो समयपश्चात देशमा राजनीतिक स्थिरता प्राप्त भएको छ । संविधान निर्माणसँंगै अधिकार प्राप्तिको आन्दोलन समापन भएपश्चात देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्ने मार्गचित्रमा अघि बढेको छ । राजनीतिक स्थिरता र दिगो शान्ति नै समृद्धिको पहिलो सर्त हो”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । पौडेलले प्रहरी दिवसको विशेष अवसरमा देश र जनताको सुरक्षा, शान्ति तथा अमनचयनका लागि क्रियाशिल प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो ।
पौडेलले कर्तव्य पूरा गर्ने सिलसिलामा अमर हुनुभएका सहीदप्रति श्रदाञ्जली व्यक्त गर्दै उहाँहरुको योगदानको स्मरण गर्नुभयो । शान्त एवम् निर्भिक वातावरणमा मात्र समृद्धिले गति लिन सक्ने उल्लेख गर्दै अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका आँफैमा प्रशंसनीय उहाँले बताउनुभयो । मुख्यमन्त्री पौडेलले विषम् परिस्थितिमा समेत प्रहरी सङ्गठनले निर्वाह गरेको चुनौतीपूर्ण जिम्मेवारीले समाजमा नेपाल प्रहरीप्रति आशा र भरोसा बढेको उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #व्यावसायिकता प्रहरी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्