कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पताल संखुवासभा बन्द
संखुवासभा जिल्ला अस्पताल खाँदबारीमा कार्यरत ३ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारीलाई कोरोना संक्रमण देखिएसँगै आकस्मिक र प्रसूति सेवा बाहेकका सबै सेवा बन्द गरिएको खाँदबारी अस्पतालले जनाएको छ ।
शनिबार बिहान स्वास्थ्यकर्मी कर्मचारीको नतिजा पोजेटिभ देखिएपछि अस्पताल प्रशासन र अस्पताल व्यवस्थापना समितिका पदाधिकारी बैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरिएको हो । जिल्ला अस्पतालका निमित्त प्रमुख डा शुन्दर श्याम झा, व्यवस्थापन समितिका अध्यक्ष एवंम् जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य लगायत जिल्लामा कोभिड नियन्त्रण अभियानमा लागेका उच्चस्तरका स्वास्थ्यकर्मी र कर्मचारीहरुको बैठकले अस्पतालको ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको हो । अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी गरेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा शुन्दर श्याम झाले जानकारी दिनुभयो ।
हाल सम्म संखुवासभामा ९८ जना कोरोना सङ्क्रमित फेला परेका छन् । ति मध्ये ८० जना निको भएर घर फिर्ता भइसकेका र १८ जना अहिले पनि आईसोलेसनमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : ##कोभिड१९, #breaking, #corona update, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
तपाईको कमेन्ट लेख्नुहोस्