Techie IT
आईतबार, माघ १३,२०८१

भन्सार छली कपडा सहित दुई जना पक्राउ


चितवन । चितवन प्रहरीले अवैध भन्सार छली लत्ताकपडा सहित दुई जनालाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले आज (आइतबार) बिहान साँढे चार बजे भरतपुर महानगरपालिका ३ शहिदचोक नजिक लु. २ ख. ३४० नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली गरी ल्याइएको अन्दाजी चार लाख पचहत्तर हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित दुई जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नवलपरासी पश्चिम सरावल गाउँपालिका वर्डा नम्बर ०३ बस्ने बर्ष ३७ को राम बहादुर चौधरी र बर्ष ३५ की मिना के.सी रहेकी छिन् । उनीहरुलाई आवश्यक कारवाहीका लागी बीरगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पछिल्लो समय चितवन प्रहरीले चाडपर्व नजिकिए संगै जिल्लामा चेकजाँच तथा सुरक्षालाई समेत कडा बनाएको छ । जिल्लामा हुन सक्ने अपराधीक गतिबिधीलाई न्युनीकरणका लागी सादा पोशाकका प्रहरीलाई ठाउँ ठाउँमा परिचालन गरेको छ भने, रात्रीकालिन सुरक्षालाई समेत मजबुत बनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #भन्सारछली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Haze
6:51 am5:40 pm +0545