हरेक २२ जना महिलामध्ये एक जनालाई स्तन क्यान्सर
काठमाडौँ, २४ असोज ःनेपालमा प्रत्येक २२ जना महिलामा एक जनालाईलाई स्तन क्यान्सर हुन गरेको पाइएको छ ।
सरकारसंग आधिकारिक तथ्यांक नभएपनि अहिले प्रत्येक २२ जना महिलामध्ये एक जनालाई स्तन क्यान्सर हुने गरेको चिकित्सकले बताएका छन ।
उनीहरुले नेपालमा नै स्तन क्यान्सरको राम्रो उपचार सम्भव पनि भएको बताएका छन । पुरुषमा एक प्रतिशत स्तन क्यान्सर हुने गरेको छ ।
नेपाल क्यान्सर अस्पतालका स्तन रोग विशेषज्ञ डा प्रफुल्ल शाक्यले नेपालमा स्तन क्यान्सरको राम्रो उपचार भएको बताए । उहाँले स्तन क्यान्सर भएर विरलै महिलाको निधन हुने जानकारी दिए ।
उनले नेपालमा ७० प्रतिशत महिलाको स्तन बचाएर नै शल्यक्रिया गर्ने गरेको बताए ।
यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले स्तन क्यान्सरको समयमा नै पहिचा गरेर उपचार गरे निको हुने बताए ।
उनले अहिले नेपालमा क्यान्सरबारे जनचेतना आइसकेकोले स्तन क्यान्सरको उपचार गर्न हिच्किाउने नगरेको बताए । उनले स्तन क्यान्सरको चाँडै उपचार नगर्ने हो भने फोक्सो, हड्डी र घाँटीमा असर पार्ने बताए ।
डा.शाहीले स्तन क्यान्सर रोगी आफू सचेतना फैलाउनुपर्ने र क्यान्सरबाट जीवन कसरी बनाउने भन्नेमा आफू नै रहेको बताए ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल डा. सुजिता हिराचनले स्तन क्यान्सर भएपनि महिलाले गर्भधारण गर्न सक्ने बताइन ।
“किमो थेपारी दिएको दुई बर्षपछि क्यान्सर निको भएपछि महिलाले गर्भधारण सक्नेछन” उनले भनिन, “ सामान्य तरिकाले महिलाले बच्चा जन्माउन सक्दछन ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर राेग विशेषज्ञ डा अरुण शाहीले क्यान्सरले स्तन फाल्नुपरे पनि फेरि बनाउन सकिने बताए ।
“ नेपालमा पनि नयाँ स्तन जीउकै कुनै ठाउँको मासुको माध्यमबाट बनाउन सकिन्छ, ” उनले भने “ यसको लागि ठूलो शल्यक्रिया हुन्छ । अहिले आएर हामी धेरै विज्ञ छौ । नेपालमा सम्भव छ । कसैलाई इच्छ छ भने हामीले गर्न सक्छौ ।”
स्तन क्यान्सर पुरुष ज्ञानवहादुर लामा किमो थेरापीबाट आफ्नो क्यान्सर निको हुने क्रममा रहेको बताए ।
रेजिना मुल्मी पहिलो पटक नेपालमा शल्यक्रिया गरि बनाइएको थियो ।
नेपाल क्यान्सर सरभाईबर्स सोसाइटीले क्यान्सर विरुद्ध सचेतना अभियान ससंचालन गरेको छ । यसै क्रममा गरेको सोसाइटीले स्तन क्यान्सर चिकित्सक र स्तन क्यान्सर जितेकासंग भर्चुअल समेत गरेको छ ।
अक्टोबर महिनालाई विश्वभर नै “ क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ ” भन्ने नाराका साथ स्तन क्यान्सर विरुद्धको अभियान संचालन गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अभियान संचालन गरिएको छ ।
स्तन क्यान्सर लागेर निको हुनु भएकी पुजा कुबँर शुरु शुरुमा आफूलाई स्तन क्यान्सर भएपछि मरिहालिन्छ कि भन्ने रहेकोमा पछि शल्यक्रिया गरेपछि निको भएको बताइन ।
उनले शुरु शुरुमा किमो दियो कपाल झर्ने गरेको भन्दै झरेपछि आएको नयाँ कपाल आफूलाई राम्रो लाग्न थालेको बताइन । उनले कपाल देखि नग नयाँ आउँदा शरिरले नयाँ जीवन आफूले पाएको बताइन ।
अर्का स्तन क्यान्सर स्मिता घिमिरे क्यान्सर भएर पछि मरिन्छ कि भनेर नडाराउन आग्रह गर्नुभयो । उनले भनिन, “ ममा उर्जा भएर हाँसेर नै क्यान्सरलाई जितेको छु । बरु अहिले कोभिड १९ संग डराएको छु । रोगसंग डराउने होइन । लड्ने हो ।”
सरभाईबर्स सोसाइटीका कोषाध्यक्ष बिनु केसीले क्यान्सरलाई सजिलै जित्न सकिने बताइन । अहिले सोसाइटीमार्फत स्तन क्यान्सर विजेतालाई स्तन क्यान्सर भएकालाई हौसला, सहयोग पुर्याउदै आइरहेका छन। ४० देखि ५० बर्ष उमेर समूहका महिला बढी विरामी रहेका छन ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्