प्रदेश नम्बर १ को उत्तरी सीमा किमाथांकामा सशस्त्रको बिओपी भवनको शिलान्यास
संखुवासभाको उत्तरी सीमा क्षेत्र किमाथांका नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बिओपी) भवन शिलान्यास भएको छ । बधुबार किमाथांका नाकामा भवनको शिलान्यास संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेश भट्टराईले गर्नुभएको हो । चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिका–१ किमाथांकामा ६ करोड ६८ लाख २६ हजार रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको सशस्त्र प्रहरीका अरुण गुल्मका गुल्मपति डिएसपी विशाल सिलवालले बताउनुभयो ।
सीमा अतिक्रमण बढेपछि गृहमन्त्रालयको निर्देशनमा चीनको सीमावर्ती क्षेत्र किमाथांका नाकामा ९ महिनाअघि नै सीमा सुरक्षा पोस्ट स्थापना गरिएको थियो । त्यहाँ प्रहरी निरीक्षक लोकनाथ उप्रेतीको कमाण्डमा २८ जनाको टोेली बसेको छ । आफ्नै भवन नहुँदा भाडाको साँघुरो घरमा सुरक्षाकर्मीहरु बसिरहेका थिए । पोस्टमा आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीलाई हेलिकोप्टरबाट नै पुर्याइएको थियो ।
भवन उद्घाटनसँगै सीमाको निरीक्षणमा गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षत्री, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी नवराज मल्ल सहितका प्रमुखहरु किमाथांका पुग्नुभएको थियो । उत्तरी क्षेत्रको सिमामा ठूलो सरकारी भवन बन्ने भएपछि स्थानीय खुसी भएका छन् ।
सशस्त्र द्वन्द्वसँगै विस्थापित भएर सदरमुकाम आएर बसेको भन्सार कार्यालय विभिन्न बहाना बनाउँदै सदरमुकाम खाँदबारीमा बसिरहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्