क्षमता विकास गर्दै लेटाङ प्रिन्सेस
नरमाया श्रेष्ठ
असार २३ । मोरंगको उत्तरी नगरपालिका लेटाङका किशोरीहरु अचेल बिहानै उठ्छन् । ६ बजे नै उनीहरु बजारमा रहेको सहकारीको हलमा पुग्छन् । त्यहाँ उनीहरु व्यक्तित्व विकास गर्न र समाजलाई बुझ्न दुई घण्टा खर्चन्छन् । नाम लेटाङ प्रिन्सेस भनिएपनि र बालिका र किशोरीहरु सहभागि भएपनि उनीहरु अहिले समाजका सचेत नागरिक झै छन् ।
लेटाङ बजारको समस्याबारे एक सहभागिले भनिन्, ‘यहाँ मोटरसाइकल निकै तीव्र गतिमा चलाउँछन् ।’ यस्तै समस्याहरु सबैले तालिम हलमा सुनाउँछन् । त्यहाँ छलफल गर्छन् र समाधानका उपायहरु पनि केलाउँछन् । कहिले प्रहरी, कहिले पत्रकार, कहिले बैंकर्स, कहिले खेलाडी, विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गरिरहेका छन् ।
‘सबैबाट केही न केही सिकिरहेका हुन्छन्,’ आयोजक लेटाङ लायन्स क्लबकी भूमिका पाख्रिनले भनिन् । लेटाङ नगरपालिका भरीका १४ देखि २० वर्ष उमेरका किशोरीहरुलाई सहभागि गराइएको कार्यक्रमको ग्राण्ड फिनाले असार ३० गते हुनेछ । किशोरीहरुको व्यक्तित्व विकासका साथै समाजलाई बुझ्ने क्षमताको विकास होस् भन्नका लागि प्रतियोगिता गरिएको कार्यक्रमका संयोजक राजेश ढकालले बताए । झण्डै एक महिनादेखि भइरहेको प्रशिक्षण कक्षामा सहभागिहरुले सामाजिक कामसमेत गरिरहेका छन् ।
लेटाङ कलेजमा फूल रोप्ने काममा संलग्न भएका उनीहरुले ट्राफिक प्रहरीको साथमा सडकमा ट्राफिक सचेतनाको कार्यक्रमसमेत गरेका छन् । विजेताले ताजसहित विराटनगरको एभरेष्ट, लर्ड बुद्ध, निहारिका लगायतको कलेजहरुबाट छात्रवृत्ती जित्नेछन् । यस्तै आकर्षक पुरस्कारहरु समेत पाउनेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #लेटाङ प्रिन्सेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्