सप्तकोसीमा पानीको बहावबढेपछि खतराको बत्ती
मुना थापा
सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पूर्वी पाहाडि जिल्लामा हप्तादिनदेखि वर्षा भैरहेका कारण सप्तकासी नदीमा पानीको बहाव बढेको हो। सप्तकोसीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ।
कोसीमा पानीको बहाव बढेपछि सप्तकोसी आसपासका क्षेत्रका स्थानीयको सुरक्षामा उच्च सर्तकता अपनाइएको छ।सप्तकोसीमा बिहीबारदेखि पानीको बहाव ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायाणप्रसाद चिमोरियाले बताएका छन्। उनका अनुसार बिहीबार दिउँसो १२ः१५ बजे पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार ६ क्युसेक पुगेको छ।
सप्तकोसीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले यस क्षेत्रका बासिन्दाको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती, प्रहरी प्रमुख राजन अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख नगेन्द्र दाहाल लगायतका सुरक्षा प्रमुखहरुको टोलीले सप्तकोसी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी सप्तकोसी प्रभावित सुनसरीको बराहाक्षेत्रनगरपालीकाको महेन्द्रनगर, प्रकाशपुर, मधुवन र कोसी गाउँपालिकाको हरिपुर, भण्टावारी, श्रीपुरलगायतका क्षेत्रका स्थानीयलाई सचेत हुन अनुरोध गरेको छ ।
स्थानीय दुर्योधन घिमिरले सप्तकोसीमा पानीको बहाव बढ्दा समेत भारत सरकारले कोसी ब्यारेजका सबै ढोका नखोलिदिएका कारण कोसी आसपासका बासिन्दामा त्रास फैलिएको भन्दै सबै ढोका खोल्न आग्रह गरेका छन्। ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्