प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो

राष्ट्रिय युवा सङ्घले प्रदेश कमिटीबाहेक सबै एकता प्रक्रिया टुङ्गो लगाएको छ । बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेशबाहेक सबै कमिटीको एकता टुङ्गाएको सङ्घका संयोजक रामप्रसाद सापकोटाले बताउनुभयो । उहाँका अनुसार युवासङ्घले ७७ जिल्लाका संयोजक, सहसंयोजक, इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाएको छ ।
सतहत्तर जिल्लामध्ये साविक युवासङ्घको ४२ र योङ कम्युनिष्ट लिग (वाइसिएल) ३५ जिल्लाको नेतृत्व तथा ४० जिल्ला इञ्चार्ज वाइसिएल र ३७ जिल्ला इञ्चार्ज साविक युवा सङ्घको रहने गरी टुङ्गो लगाइएको छ । प्रदेशको पनि चार प्रदेश युवा सङ्घ र तीन प्रदेश वाइसिएलले लिने गरी सहमति भए पनि कसको भागमा कुन भन्ने टुङ्गो नलगाएको सङ्घका सहसंयोजक रमेश पौडेलले जानकारी दिनुभयो । यस्तै ३१ वटा विभागको टुङ्गोसमेत लगाइएको छ । साविक युवा सङ्घले १५ र साविक वाइसिएलले १५ वटा विभाग लिने सहमति भएको छ ।
यस्तै छ महानगरपालिका र ११ वटा उपमहागरपालिकाको संयोजक, सहसंयोजक तथा इञ्चार्ज र सहइञ्चार्ज पनि टुङ्गो लागेको छ । काठमाडौँ, पोखरा र चितवनका साविक युवा सङ्घ तथा विराटनगर, वीरगञ्ज र ललितपुर साविक वाइसिएलको नेतृत्व रहेको छ । यस्तै ११ उपमहागरपालिकामध्ये धरान, जीतपुर सिमरा, घोराही र नेपालगञ्ज साविक युवा सङ्घ र बाँकी सात वटा उपमहानगरपालिकामा वाइसिएलको इञ्चार्ज भएका छन् । सङ्घले सबै जिल्ला कमिटी र मातहतका कमिटीको एकता आगामी कात्तिक महिना र केन्द्रीय तहको एकता यही असोज महिनाभित्र गरिसक्ने सङ्घका सहसंयोजक पौडेलले जानकारी दिनुभयो ।
यस्तै लेखा र निर्वाचन आयोग साविक युवा सङ्घ तथा अनुशासन आयोग साविक वाइसिएलले पाउने गरी बाँडफाँट गरिएको छ । बैठकले लोकराज आचार्य र सन्तोष मगरलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । दुई सङ्गठनको एकतापछि बनेको युवा सङ्घमा अहिले ३३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्