Techie IT
बिहीबार, फागुन १,२०८१

डाक्टर केसीलाई भेट्न पूर्वराष्ट्रपति अस्पतालमा पुगे


बिगत लामो समयदेखि चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीलाइ पूर्व राष्ट्रपति रामवरण यादवले भेटेका छन्।

केसीको स्वास्थ्य अवस्था बुझ्न यादव शुक्रबार त्रि वि शिक्षण अस्पतालमा पुगेका हुन् । १९ औँ सत्याग्रहको सुरुवात जुम्लाबाट गरेका केसीले जनताको माग उठाएकाले वार्तामार्फत समस्या समाधान गर्न सरकारले छिट्टै पहल गर्ने र उनको माग जायज रहेकोले सरकारले तुरुन्तै यसको सम्बोधन गरी केसीको जिवन रक्षा गर्नुपर्ने कुरा यादवले गरेका छन्।

सत्याग्रहमार्फत जनताको मागलाई उठाउँदै आएका डाक्टर केसी राष्ट्रको अमूल्य सम्पत्तिको रुपमा लिनका लागी पनि सरकारले वार्ताका लागी छिटो वातावरण सिर्जना गर्नुपर्नेै कुरा आंैल्याएका छन्।
तर सरकार लगायत सरकारका प्रवक्ता आदीले नै अनसनका लागी यो उचित समय नभएको भन्दै खन्डन गरेपछि केसीको सत्याग्रहको समर्थन गर्नेहरु आक्रोसित भएका छन्।

 


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:41 am5:54 pm +0545