भारतमा कोरोनाबाट मृत्यु भएकाहरु एक लाख नजिक, ६३ लाख संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख ९५ नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९९ हजार ७७३ हजार पुगेको छ । भारतमा ५३ लाख ५२ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ४२ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् ।
सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५९ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३७ हजार ५६ जनाको ज्यान गएको छ । यस्तै कर्नाटकमा एक लाख १० हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ८ हजार ९९४ जनाको मृत्यु भएको छ ।
केरला राज्यमा ७२ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७७१ जनाको ज्यान गइसकेको छ । यहाँ १ लाख ३१ हजारभन्दा बढी व्यक्ति निको भएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ६७ लाख नमूना परीक्षण गरेको जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्